नेकपाका महासचिव विप्लव कालिकोटमा

काठमाडौंः पहिलो चरणको निर्वाचनमा एक जनाको ज्यान गएको, कैयौं घाइते भएका र मतपत्र जलाएर नष्ट पारेको नेकपा कालिकोटद्वारा आयोजित जनसभालाई सम्बोधन गर्न सो पार्टीका महासचिव विप्लव माल्कोट पुग्नुभएको छ । उहाँको साथमा पार्टी प्रवक्त प्रकाण्ड र पश्चिम कमाण्ड इन्चार्ज सन्तोष बुढामगर पनि छन् । भदौ १८ र १९ गते कर्णाली ब्युरो स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम रहेको नेकपा सुत्रले जानकारी दिएको छ । पार्टी प्रशिक्षण, जनसभापछि सहिद परिवार र चुनाव खारेजीका क्रममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यकर्तालाई महासचिव विप्लवले अभिनन्दन गर्ने कार्यक्रम पनि रहेको बताइएको छ ।

२०७४ भदौ १८ गते ८ः१८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :