२४ गते महासचिव विप्लवले चितवनमा सम्बोधन गर्ने

२४ गते महासचिव विप्लवले चितवनमा सम्बोधन गर्ने

काठमाडौँ : नेकपाका महासचिव विप्लवले यही २४ गते जनआन्दोलन दिवसका दिन चितवनको भरतपुरस्थित चौबीसकोठीमा भ्रष्टाचार, राष्ट्रघात, महँगी र एमसीसीविरुद्ध सम्बोधन गर्ने भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार महासचिव विप्लवले सम्बोधन गर्ने सभामा सहभागिताका लागि नेकपा चितवनले आह्वान पनि गरेको छ ।

महासचिवले सम्बोधन गर्ने कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घको केन्द्रीय टोली सामना परिवारले जनवादी गीत र नृत्य प्रस्तुत गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :