प्रतिक्रियावादी सत्ताको चुनावमा हामी भाग लिँदैनौँ : कञ्चन

प्रतिक्रियावादी सत्ताको चुनावमा हामी भाग लिँदैनौँ : कञ्चन

भरतपुर : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले राष्ट्रघाती एमसीसी पास गर्ने दलाल पुँजीवादी सत्तालाई नै बलियो पार्ने गरी प्रतिनिक्रियावादी सत्ताले गराउने चुनावमा नेपाल कम्युनिस्ट पार्टीले भाग नलिने बताएका छन् । पार्टी केन्द्रीय प्रशिक्षणमा हसभगाी नेता–कार्यकर्तालाई प्रशिक्षण दिँदै नेता कञ्चनले भने, ‘यो प्रतिक्रियावादी चुनावमा हामी भाग लिँदैनौँ । बहिष्कार गछौँ । इन्कार गछौँ । यो व्यवस्थाको प्रतिक्रियावादी चरित्रको भण्डाफोर गछौँ ।’

नेता कञ्चनले नेता–कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘स्थानीय चुनावमा पार्टीभन्दा बाहिरका स्वतन्त्र उम्मेदवार, एमसीसीमा राष्ट्रघात गर्ने र तिनका मतियारहरुविरुद्ध लड्नेलाई समर्थन गर्न सकिन्छ, गर्नैपर्ने होइन । एमसीसीविरोधीलाई समर्थन गर्ने होइन, गर्न सकिने कुरा मात्र हो ।’

पार्टीको कुनै जिम्मेवारी लिएका नेता चुनाव लड्न गए पदबाट राजीनामा दिएर स्वतन्त्र भएर जानुपर्ने उनले प्रष्ट पारे । उनले भने, ‘स्वतन्त्र रुपमा चुनावमा उठ्ने व्यक्ति पार्टीको सदस्य हुँदैन । स्वतन्त्र हैसियतले लड्ने हुन्छ ।’ हरेक पार्टी नेता–कार्यकर्ता र सदस्यले यो दलाल पुँजीवादी व्यवस्था र उसले गराउने चुनावको भण्डाफोर र गर्नुपर्नेमा उनले जोड दिए । नेकपा मात्र दलाल पुँजीवादी सत्ताको विकल्पमा रहेको पनि उनले बताए ।

कम्युनिस्टहरु कहिल्यै पनि चुनावविरोधी नहुने प्रष्ट पार्दै नेता कञ्चनले वैज्ञानिक समाजवादभित्र पनि कम्युनिस्ट–कस्युनिस्टबीच प्रतिस्पर्धा हुने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :