पुँजीवादविरुद्ध लडाइँ जारी छ :विप्लव

पुँजीवादविरुद्ध लडाइँ जारी छ :विप्लव

भरतपुर (चितवन) : नेकपाका महासचिव विप्लवले एकीकृत जनक्रान्ति जारी रहेको र पुँजीवादविरुद्ध लडाइँ पनि जारी रहेको बताएका छन् । चितवन, भरतपुरस्थित क्यान्सर अस्पतालको हलमा सुरु भएको केन्द्रीय प्रशिक्षणमा सहभागी पार्टी नेता–कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव विप्लवले एकीकृत जनक्रान्तिको प्रयोग भइरहेको, नेपाली विशेषता र अन्तर्राष्ट्रिय मालेमावादी युद्ध÷क्रान्तिका अनुभवको वस्तुवादी अनुभवबाट पाठ सिक्दै दलाल पुँजीवादको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने दिशामा एकढिक्का भएर क्रान्तिमा लामबद्ध छन् । नेता–कार्यकर्तालाई आह्वान् गरे ।

मालेमावादी क्रान्ति सफल पार्न सम्भव छ भन्ने कुरा नेकपाले सञ्चालन गरेको जनक्रान्तिले प्रमाणित गरिरहेको पनि वैज्ञानिक समाजवाद लागू गरेरै छोड्ने आफ्नो प्रतिबद्धतामा आफूहरु दृढ रहेको पनि उनले बताए । महासचिव विप्लवको अध्यक्षतामा प्रशिक्षण सुरु भएको छ ।

कार्यत्रममा केन्द्रीय सचिवालय सदस्य कञ्चनले सहभागी नेता–कार्यकर्तालाई स्वागत गर्दै नेपालको कम्युनिस्ट आन्दोलन गम्भीर मोडमा पुगेकाले क्रान्तिकारी पार्टीका नेता–कार्यकर्ता सचेत भएर अघि बढ्नुपर्ने बताए । कार्यक्रम सञ्चालन गरिरहेका पार्टी प्रवक्ता प्रकाण्डले केन्द्रीय समितिको प्रतिवेदन वाचन गरेका छन् ।

प्रशिक्षणमा महासचिव विप्लवसहित पाँचैजना सचिवालय सदस्यले प्रशिक्षण दिने र अन्तरक्रियासमेत हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :