नेकपाको केन्द्रीय प्रशिक्षण चितवनमा सुरु, देशभरका नेता–कार्यकर्ता छलफलमा

नेकपाको केन्द्रीय प्रशिक्षण चितवनमा सुरु, देशभरका नेता–कार्यकर्ता छलफलमा

भरतपुर : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय प्रशिक्षण चितवन, भरतपुरस्थित क्यान्सर अस्पतालको हलमा सुरु भएको छ । चैत ४ देखि १५ गतेसम्म कपिलवस्तु, शिवगढीस्थित नवनिर्मित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकपछि बैठकले गरेका निर्णय कार्यान्वयन गर्न/गराउन केन्द्रीय सदस्य, विशेष समिति सदस्यहरु, जिल्ला सेक्रेटरीहरुसहित करिब तीन सय नेता–कार्यकर्तालाई केन्द्रीय सचिवालय सदस्यहरु र पार्टी महासचिव विप्लवले प्रशिक्षण दिने कार्यक्रम छ ।

नेकपाको ११ दिनसम्म बसेको बैठकले पार्टी दर्ता गरेर संसदीय व्यवस्थाले घोषणा गरेको स्थानीय निकायको निर्वाचनमा भाग नलिने निर्णय गरिसकेको छ । राष्ट्रघाती एमसीसी विरोधी, देशभक्तहरुलाई भने सघाउने निर्णय पनि बैठकले गरेको छ । नेकपाको बैठकले पार्टीमाथि भएका आक्रमण, षड्यन्त्र र हल्लाहरु निस्तेज पार्दै एकढिक्का भएर दलाल पुँजीवादविरुद्ध जारी एकीकृत जनक्रान्तिलाई निरन्तर अघि बढाउने निर्णय गरेको छ

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :