जनसत्ता सञ्चालन गर्छौ : जगन, सेक्रेटरी – नेकपा कास्की

आस्था नेपाली / पोखरा : नेपाल कम्युनिस्ट पार्टी कास्कीका सेक्रेटरी जगन तिवारीले सरकार नभई जनसत्ता सञ्चालन गर्ने एक कार्यक्रम वीच बताएका छन् । अन्नपूर्ण गाउँपालिकाको भेलालाई सम्बोधन गर्दै कास्की सेक्रेटरी जगन तिवारीले सो कुरा बताएका हुन् । नेपालको संसदीय राज्य सत्ता असफल भैसकेको अवस्थामा फेरि पनि नाटकीय ढङ्गमा स्थानीय निकाएको चुनावको ढोङ रची नेपाली जनतालाई भ्रम छर्ने कार्य गरेकोले आफ्नो पार्टीले खारेज गरेको बताए । निगम पुँजीवादले नेपाली राज्य सत्ता र जनतालाई आफ्नो चङ्गुलमा पारेको कारण नेपाली जनतालाई भ्रममा राखेको बताए । गाउँ शहरमा NGO / INGO को नाउमा बाख्रा, कुखुरा बाँड्दै, तालिमको नाउमा आफ्नो स्वार्थ लुटेको बताए । निगम पुँजीवाद दलालको रुपमा नेपालमा घुसेको र यसले राज्य सत्तालाई समेत दलाल बनाएको कारण दलालहरु कहिल्यै जनताको पक्षमा नहुने भएकाले नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्ति मार्फत निगम पुजीवाद दलालको बिरुद्द सघर्ष गर्नु पर्ने बताए। त्यसै गरि उक्त भेलाले परिवर्तनको नेतृत्वमा ११ सदस्यीय गाउँ समिति गठन गरेको छ ।

२०७४ भदौ १७ गते ९ :४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :