व्यवसायीहरुले टेण्डर रद्ध गर्न आह्वान

भीमबहादुर खड्का / चितवन : चितवन मा.वि.को जग्गामा बनाइएको सटर व्यवसायीहरुले लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका छन् । विद्यालयले बिना जानकारी टेण्डर आह्वान गरेपछि पुराना व्यवसायीले आफूहरु अन्यायमा परेको गुनासो गरेका छन् । दुई दिनअघिको छलफलपछि टेण्डर फर्म पुराना व्यवसायीहरुलाई मात्रै दिने सहमति भएको कुरा जनआन्दोलनका घाइते गोविन्द आचार्यले बताउनु भयो । तर अहिले उक्त सहमतिको कार्यान्वयन नगरी जथाभावी टेण्डर दिई पुराना व्यवसायीले भरेका बैंक भौचरहरु बैंकका कर्मचारी या विद्यालय प्रशासन कसले नेवि.संघका नेताहरुलाई सूचना चुहाएको भन्दै व्यवसायीहरु सटर बन्द गरी एकाएक शनिबार विहान संघर्षमा उत्रिएका छन् । सो टेण्डर नेपाल विद्यार्थी संघका जिल्ला नेताहरुको अग्रसरतामा विभिन्न व्यवसायीहरुका फर्म संकलन गरेर भौचर भर्ने काम गरेपछि तनाव ग्रस्त अवस्था सिर्जना हुन पुगेको छ । ने.वि.संघका केही नेताहरुले सबै व्यवसायीहरुलाई थर्काउँदै ÷ धम्काउँदै एउटा सटरको ५लाखसम्म दिए सटरमा भरेको टेण्डरको फर्म फिर्ता गर्ने कुरा फोन मार्फत बताएका छन् । कांग्रेस, एमाले र माओवादी केन्द्र मिलेर सटर टेण्डर आह्वान गरेको कुरा व्यवस्थापन समितिका अध्यक्ष मिलन लामिछाने बताएका छन् भने नेकपाले व्यवसायीहरु अन्यायमा परेकोले उक्त टेण्डर आह्वान तत्काल रद्द गरी व्यवसायीहरुलाई काम गरिखान दिन अनुरोध गरेको छ ।

२०७४ भदौ १७ गते ७ : १३ मा प्रकाशित

 

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :