उच्चकोशी बाँध सम्झौताविरुद्ध जनता सडकमा

काठमाडौंः चर्चामा रहँदै आएको र भारतले आँखा गाडेको उच्चकोशी बाँध परियोजनाको सुरुदेखि नै नेकपाले विरोध गर्दै आएको छ । हालै नेपालका प्रम शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा देउवा–मोदी सहमतीअनुसार उच्चकोसी बाँध सम्झौता गरेकोप्रति नेकपाले आपत्ति जनाइसकेको छ । नेकपा कोशी ब्युरो इन्चार्ज राजेन्द्र कार्की ‘नविन’ ले शनिबार धरानमा पत्रकार सम्मेलन गर्दै त्यसप्रकारको राष्ट्रघाती सम्झौताको विरुद्ध सडकमा उत्रन अम जनतालाई अपिल गर्नुभएको छ । नेकपा, कोशीले भदौ २२ गते धरानमा उच्चकोशी बाँधका विरुद्ध जनप्रदर्शन गर्ने भएको छ ।

२०७४ भदौ १७ गते ४ः०४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :