कांग्रेसले बलात्कारीलाई रक्षा गर्‍यो – नेपाल

काठमाडौंः एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले काँग्रेसले भ्रष्टाचारी र बलात्कारीलाई चोख्याउन खोजेको आरोप लगाएका छन् । प्रदेश नं. २ को चुनाव प्रचारप्रसार अभियानबाट फर्केका नेपालले शुक्रबार चितवनमा प्रेस चौतारीद्वारा आयोजित भेटघाट कार्यक्रममा सो आरोप लगाएका हुन् । काँग्रेस सांसद तथा कानुनकर्मी राधेश्याम अधिकारीसहितका १९ जना सांसदले सदनमा गम्भीर प्रकृतिको सजाय भुक्तान गरेकाहरुले पनि जनप्रतिनिधी तथा नीति निर्माण गर्ने स्थानमा पुग्न सक्नेगरी चुनावमा भाग लिन पाउनु पर्ने जिकिर गर्दै संशोधन प्रस्ताव पेश गरेको घटनाप्रति नेपालको आरोप लक्षित थियो । प्रस्तावित विधेयकमा ‘प्रतिनिधी सभा विधेयकको दफा १३ को (ङ) मा भ्रष्टाचार, जबरजस्ती करणी, मानव बेचविखन तथा ओसारप्रसार, लागूऔषध बिक्री वितरण तथा निकासी वा पैठारी, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग, अपहरण सम्बन्धी कसुर वा नैतिक पतन देखिने अन्य फौजदारी कसुरमा सजाय पाइ वा कुनै पनि कसुरमा जन्म कैद वा २० वर्ष वा सो भन्दा बढी कैदको सजाय पाई त्यस्तो फैसला अन्तिम भएको’ व्यक्ति उम्मेदवार बन्न नपाउने उल्लेख छ । जसको विरुद्ध संशोधन प्रस्ताव पेश गरिएको छ ।

२०७४ भदाै१७ गते १४ :३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :