नेकपा केन्द्रीय समितिको बैठक जारी, सचिवालय सदस्यपछि केन्द्रीय सदस्यहरू बोल्दै

नेकपा केन्द्रीय समितिको बैठक जारी, सचिवालय सदस्यपछि केन्द्रीय सदस्यहरू बोल्दै

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा शुक्रबार सुरु भएको केन्द्रीय समितिको बैठकमा शनिबारसम्म चारजना सचिवालय सदस्य र पाँचजना केन्द्रीय सदस्यले महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि बोलेका छन् ।

पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार केन्द्रीय सदस्यहरूले जिल्लामा पार्टीको अवस्थाको रिपोर्टिङसहित प्रतिवेदनमाथि गम्भीर छलफल गरिरहेका छन् । पार्टीका सबै केन्द्रीय सदस्यले प्रतिवेदनमाथि छलफल गर्ने र रिपोर्टिङ गर्ने कार्यसूची रहेको पनि शिवगढीबाट प्राप्त समाचारमा जनाइएको छ । बैठक पहिलोपटक आफ्नै कार्यालयमा बसेको हो । सम्पूर्ण सदस्यले छलफलमा भाग लिइसकेपछि पार्टी महासचिवले उठेका विषयको जबाफ दिने जनाइएको छ ।

आजको बैठक बिहान ८ बजेबाट सुरु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :