एमसीसीकाे खारेजीको माग गर्दै कालिकोटमा प्रदर्शन

एमसीसीकाे खारेजीको माग गर्दै कालिकोटमा प्रदर्शन

नेपाल कम्युनिस्ट पार्टी निकट श्रमिक समुदाय मोर्चा नेपालले आज कालिकोटमा राष्ट्रघाती एमसीसी परियोजना खारेजीको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
पचलझरनाको लाफा गाउँमा परिक्रमासहित चुलिमालिका विद्यालय प्राङ्गणमा काेणसभा सम्पन्न गरेको छ । श्रमिक समुदाय मोर्चा नेपालका जिल्ला संयोजक हस्त विकको सभापतित्व जिल्ला सेक्रेटरी रणदिपको प्रमुख अतिथ्यता, श्रमिक समुदाय मोर्चाका केन्द्रीय सदस्य सरोज विक, पचाल झरना गाउँ कमिटी इन्चार्ज दिलमान, सेक्रेटरी तखत, पदम बम, युवा संगठनका केन्द्रीय सदस्य मिनेश, कल्पना लगायतका नेता तथा कार्यकर्ता र जनताको सहभागिता रहेको थियो । सभालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले असफल संसदिय व्यवस्था संसदले जसरी राष्ट्रघाती एमसीसी जबरजस्त पास गराएर राष्ट्रघातीको परिचय दिएकाले राष्ट्रघाती दलालहरुको उक्त योजनालाई कुनै पनि हालतमा कार्यन्वयन हुन नदिने ठोकुवा गरे । साथै देशको रक्षा गर्ने काम राष्ट्रवादीहरुको भएकाले सम्पूर्ण राष्ट्रदीहरुको एकता जरुरी रहेको आवश्यकता औल्याए । उक्त कार्यक्रमको संचालन हिमचुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :