एमसीसी विरुद्ध कास्कीमा श्रमिक समुदाय मुक्ति मोर्चा नेपालको प्रदर्शन

एमसीसी विरुद्ध कास्कीमा श्रमिक समुदाय मुक्ति मोर्चा नेपालको प्रदर्शन

श्रमिक समुदाय मुक्ति मोर्चा नेपालले एमसीसी सम्झौताको विरुद्ध कास्कीमा प्रदर्शनसहित कोणसभा सम्पन्न गरेको छ । अमेरिकी परियोजना एमसीसी सम्झौता नेपालको स्वाधीनताको प्रतिकुल रहेको भन्दै मोर्चाले केन्द्रीय कार्यक्रम अनुसार कास्कीमा प्रदर्शन गरेको हो ।                             
पोखराको नयाँबजारबाट विरोध ¥याली सुरु गरेको मोर्चाले महेन्द्रपुलमा पुगेर कोणसभा गरेको थियो । कोण सभालाई अखिल (क्रान्तिकारी) की केन्द्रीय सदस्य कमला परियार र माेर्चाका केन्द्रीय सचिव उमेश सिकेले सम्बोधन गरेका थिए भने सञ्चालन मोर्चाका जिल्ला कोषाध्यक्ष विजय विश्वकर्माले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :