कांग्रेसमा गुट संघर्ष उत्कर्ष

काठमाडौंः प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा आआफ्ना मान्छे ल्याउने आकाँक्षाका कारण काँग्रेसमा गुट संघर्ष उत्कर्षमा पुगेको छ । देउवाको असक्षम नेतृत्व र राम्रा भन्दा आफ्ना मान्छे उम्मेदवार बनाउन खोज्दा संसदको पहिलो दल काँग्रेस दोस्रो दलमा झरेको अधिकाँश काँग्रेसी कार्यकर्ताको ठम्याई छ । गत चुनावमा काँग्रेस कमजोर हुनुमा ढिलो उम्मेद्वार छनोटलाई पनि ठानिएको थियो । काँग्रेसले अहिले पनि उम्मेदवार छनोट गर्न सकेको छैन । ‘ब्यथा पुरानै हो’ भनेझैं यसमा पुरानै कारण छन् । उम्मेदवार चयनमा विमलेन्द्र निधी र शशांक कोइराला छन् । उनीहरु आआफ्नो गुट बलियो बनाउन सक्रिय छन् । उता काँग्रेसभित्र शक्तिशाली ठानिने कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्का गुट पनि उत्तिकै क्रियाशील छन् ।

प्रदेश नं. २ मा धेरै आकाँक्षी भएका र अन्तरघात नहोस् भन्ने तनावबीच एमालेले पनि शनिबारसम्म उम्मेदवार निश्चित गर्न सकेको छैन । राजपाले उम्मेदवार चयन सिफारिस समिति बनाएपनि शुक्रबार साँझसम्म पनि उम्मेदवार सिफारिस गर्न सकेको छैन । राजपाका पूर्व ६ समूहमध्ये सबै समूहले बर्चस्व कायम गर्न होडबाजी गरिरहेकाले हरेक स्थानमा ६ देखि ३० जनासम्म आकाँक्षी देखिएका छन् ।

२०७४ भदौ १७ गते १२ः२९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :