कक्षा १२ मा ५० प्रतिशत अनुतिर्ण

काठमाडौं :  यसवर्ष राष्ट्रिय परीक्षा बोर्डले लिएको कक्षा १२ को परीक्षामा ३ लाख ५५ हजार ८० जना विद्यार्थीमध्ये सार्वजनिक नतिजा अनुसार १ लाख ६० हजार ७ जनामात्र उतिर्ण भएका छन् । झण्डै ५० प्रतिशत विद्यार्थी अनुतिर्ण भएको नतिजा हेर्दा सरकारको शिक्षा नीतिमै गम्भीर समस्या देखिएको छ । अब कक्षा १२ को परीक्षा दिइएकामध्ये ५५ प्रतिशतले उच्च शिक्षालयमा भर्ना हुन पाउने छैनन् । नियमित तर्फबाट परीक्षा दिएकामध्ये ४२.३३ ले मात्रै परीक्षा उतीर्ण गरेका छन् । ‘शैक्षिक गुणस्तरको अभाव, गलत परीक्षा प्रणली यसमा जिम्मेवार रहेको’ भनाई त्रिविका पूर्व उपकुलपति कमलकृष्ण जोशीको छ । घोकन्ते परीक्षा प्रणालीमा पनि परिवर्तनको खाँचो रहेको विज्ञहरुको सुझाव छ । स्मरण नहुनु नै ज्ञान नहुनु होइन । परीक्षा प्रणाली स्मरण शक्ति वा घोकन्ते नभएर ज्ञानको परीक्षा लिने हुनुपर्दछ । ५ वर्षको प्रगति विवरण तालिका–

शैक्षिक वर्ष  उतिर्ण प्रतिशत
२०७८ ४७.०८
२०६९ ४०.६४
२०७०  ३९.२८
२०७१  ३८.८१
२०७२  ४३.००
२०७३  ५१.००
२०७४  ४५.००

 

२०७४ भदौ १७ गते ११ : ३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :