अखिल (क्रान्तिकारी)द्वारा एमसीसी विरुद्ध विद्यार्थी जागरण कार्यक्रम

अखिल (क्रान्तिकारी)द्वारा एमसीसी विरुद्ध विद्यार्थी जागरण कार्यक्रम

नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन अखिल (क्रान्तिकारी) विशेष जिल्ला समितिले राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध विद्यार्थी जागरण कार्यक्रमलाई तिब्रता दिएको छ ।

सम्पूर्ण नेपाली जनता एमसीसीको विरुद्ध रहँदा रहँदै नेपालका संसदीय व्यवस्थाका केही राष्ट्रघाती दलाल पार्टीहरुको उच्च नेतृत्व अमेरिकाको उच्च दबाब, प्रभाव, डर, धम्की र लोपमा परेर सुरक्षा संयन्त्रको व्यापक दुरुपयोग गर्दै देशभक्त जनता माथी दमन गरि हजारौं जनतालाई घाइते, अपांग बनाएर फागुन १५ गते इतिहासमै सबैभन्दा ठूलो राष्ट्रघात गरेको भन्दै आफ्नो देशको स्वाभिमान, स्वाधीनता र सार्वभौमसत्ता बचाउन विभिन्न कलेज क्याम्पसहरुबाट राष्ट्रघातका विरुद्ध जुट्दै आन्दोलन गर्न अपिल गरिएको छ । जिल्लाका विभिन्न कलेज र क्याम्पसमा संचालन गरिएको विद्यार्थी जागरण कार्यक्रम आज गोटीखेलको महाङ्काल क्याम्पसमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा बोल्दै विशेष जिल्ला इन्चार्ज दयाराम लुहारले नेपाल राष्ट्र बचाउन सबै देशभक्त विद्यार्थी, युवा नौजवान, महिला, बृद्ध र बालकहरुले एक पटक राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध आ- आफ्नो ठाउँबाट सडक संघर्ष र आन्दोलन गर्नुपर्ने बताए । उनले भने, `यो देश कुनै राष्ट्रघाती दलाल नेताहरुको पैसामा बेच्ने पेवा होइन यो त वीर पुर्खाहरुको गौरवपूर्ण इतिहास, तीन करोड नेपाली जनता र भविष्यका सन्ततिहरुको उज्ज्वल भविष्य हो । एमसीसीले नेपाललाई आफ्नो पूर्ण नियन्त्रणमा लिनका लागि केही समय विकास गरे जस्तो गरि जनतालाई भ्रमित पार्ने रणनीति रहेको र पछि नेपालको प्रशासन, सुरक्षा निकाय र सिङ्गो संयन्त्रलाई आफ्नो कब्जामा पारी नेपाली जनता माथी शासन गरेर हाम्रै भौतिक श्रोतसाधन र मानवीय पुजीको प्रयोग गरि छिमेकीका विरुद्ध प्रयोग गर्ने नीति रहेको छ ।´

जसका कारण नेपालले ठूलो विपत्तिको सामना गर्नुपर्ने भएकाले समयमै देशभक्त जनताहरु सजक रहदै एमसीसीलाई सहयोग गर्ने संसदवादी राजनीतिक पार्टी र एमसीसी प्रोजेक्टलाई ठाउँठाउँबाट लखेट्न पन उनले अनुरोध गरेका छन् । परियोजनालाई सिङ्गो नेपाली जनताले ठाडै अस्विकार गरेको र केही दलाल नेताहरूले अमेरिकी धम्की र लोभमा परेर संसदबाट पारित गरेकाले नेपाली जनताले लागू गर्न नदिने र एमसीसीलाई नेपाल कम्युनिस्ट पार्टीले देशभक्त जनतालाई साथमा लिएर जस्तोसुकै परिस्थितिमा खारेज गरेर देखाउने बताए । साथै शैक्षिक बुद्धिजीवीको राष्ट्रियताको रक्षा गर्ने सवालमा ठूलो भूमिका रहने भएकाले यतिबेला राष्ट्रियताको पक्षमा समाजमा सत्य कुरा भन्न र विद्यार्थीलाई सिकाउन र जागरुक बनाउन समेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :