राष्ट्रघातसँगै देउवा सरकारद्वारा महँगीको उपहार

पेट्रोलको मूल्य १५० र डिजेल–मट्टीतेलको मूल्य १३३ रुपैयाँ

राष्ट्रघातसँगै देउवा सरकारद्वारा महँगीको उपहार

काठमाडौँ : चारदलीय गठबन्धनको देउवा सरकारले एकातिर एमसीसीमा राष्ट्रघात गरेर जनतालाई राष्ट्रघातको उपहार दिएको छ भने अर्कातिर पेट्रोलको मूल्य प्रतिलिटर १५० रुपैयाँ तथा डिजेल–मट्टीतेलको मूल्य १३३ रुपैयाँ प्रतिलिटर पुर्याएर अत्यधिक महँगीको उपहार पनि थपेको छ । जनताको टाउकोमाथि अत्यधिक महँगी लादिँदा पनि सरकारमा बसेका दलहरु चूँसम्म नबोल्नु उनीहरुको जनताप्रकिो गैरजिमेवारपन रहेको जानकारहरु बताउँछन् ।

नेपाल आयल निगम सञ्चालक समितिले बिहीबार डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको बहाना बनाउँदै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :