राष्टघातका विरुद्ध यूवाहरु एक हुनुपर्दछ – ओमप्रकाश पुन

अम्बिका चन्द / काठमाडौं : नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनले प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरेको राष्ट्रघातका विरुद्ध सम्पूर्ण राष्ट्रप्रेमी युवाहरु एकजुट हुनुपर्ने बताउनुभएको छ ।

शुक्रबार तनहुको दमौलीमा राष्ट्रिय युवा जनस्वयं सेवक संघको दोश्रो जिल्ला सम्मेलनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । साथै नेता पुनले देउवाले कोशी बाँध र पञ्चेश्वर परियोजनामा गम्भीर राष्ट्रघात गरेको बताउनु भयो ।

उद्घाटन कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं गण्डक ब्युरो इन्चार्ज सावित्रा दुरा आस्था, युवा संघका केन्द्रीय महासचिव बाबुराम राई ‘विवस’, नेकपाका तनहु इन्चार्ज पूर्णजीत पुन ‘उभार’,सचिव गोकुल पराजुली, लमजुङ इन्चार्ज निरु थापा र सचिव सन्तोष कोइरालाले सम्वोधन गर्नुभएको थियो ।

युवा संघको उद्घाटन शुरु हुनुपूर्व रातो डे«समा सजिएका करिव ३ सय भन्दा बढि युवाहरुले मार्चपास गरेका थिए । ब्यापक जनताको सहभागीतामा सम्पन्न उद्घाटन समारोहमा चुनु–शिल्पा सांस्कृतिक परिवार गण्डकले गीत नृत्य प्रस्तुत गरेको थियो । सभाको अध्यक्षता युवाका तनहु संयोजक एटम विकले गर्नुभएको थियो ।

२०७४ भदौ १६ गते ४ ५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :