गणतान्त्रिक खेलकुद महासंघको बैठक सम्पन्न

काठमाडौं :  नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रीय समितिको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले आगामी मंसिर २६ देखि २९ गतेसम्म काठमाडौंमा राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । बिहीबार काठमाडौंमा महासंघका अध्यक्ष जयन्त चन्द अध्यक्षतामा बसेको बैठकले आउँदो काक्तिक मसान्तसम्ममा देशका विभिन्न २५ वटा जिल्लामा महासंघको जिल्ला समिति पुनरगठन गर्ने निर्णय पनि गरेको छ । यस्तै महासंघले राष्ट्रिय खेलकुद परिषदमा उठेको भ्रष्टाचार सम्बन्धी विवादको विषयलाई लिएर असोज २ गते वृहत चियापान तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रममा खेलकुद र त्यससँग सम्बन्धीत विज्ञहरुलाई सहभागी गराइनेछ । राष्ट्रिय खेलकुद परिषदमा भ्रष्टाचार सम्बन्धीको विवादमा लामो समयदेखि चल्दै आएकोले यससम्बन्धी सरोकारवाला व्यक्तिहरुलाई पनि सहभागी गराई कार्यक्रम गर्न लागिइएको गणतान्त्रिक खेलकुद महासंघका महासचिव मनकामना पुनले जानकारी दिनुभएको छ । साथै राज्यको आर्थिक पार्दशिताको विषमा ससार्वजनिक रुपमा प्रश्न उठेकोले यस सम्बन्धी हिसाव सार्वजनिक गर्न माग गरेको छ ।

२०७४ भदौ १६ गते १३ : ११ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :