नारायणगढ–मुग्लिन सडक अझै अवरुद्ध

काठमाडौं : बुधबार राती परेको वर्षाको कारणले नारायणगढ–मुग्लिन सडकखण्ड अन्तरर्गत चारकिलोको सडक ४० मिटर भासिएपछि अवरूद्ध बनेको सडक बिहीबार अबेर खुलाइए पनि शुत्रफबार विहानसम्म सवारी साधन सञ्चालनमा आएकोे छैन ।  नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार सडक भाँसिएको ठाँउमा भित्ता काटेर सडक सञ्चालन भए पनि सवारीको अत्यधिक चाप, जथाभावीको ओभरट्याकले सडक सञ्चालन समस्या आएको बताए । मुग्लिनभन्दा १ किलोमिटर नारायणगढतर्फ एक बस र ट्रक समेत ठोक्किएकाले आवागमन थप अस्तव्यस्त बनेको खनालले जानकारी दिए । सवारी जामका कारणले मुग्लिन भएर पोखरा जाने र काठमाडौं आउने कयौं सवारी साधन फसेकोे उनले बताए । पोखरा र नारायणगढ भएर जाने सवारी साधानहरु मुग्लिनबाट कुरिनटारसम्म जाममा छन् भने पोखरावाट काठमाडौं जाने सवारी साधानहरु तनहुँको आँबुखैरहनी गाँउपालिका क्षेत्रमा डेढ किलोमिटरभन्दा बढी जाममा परेका छन् । बिस्तारै सवारी सर्न थाले पनि सहज रुपमा खुलाउन दिनभर जस्तो लाग्ने मुग्लिनका प्रहरी निरीक्षक योगेन्द्र हमालले बताए ।

२०७४ भदौ १६ गते १० : ४५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :