नेकपा कपिलवस्तुद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

नेकपा कपिलवस्तुद्वारा सहिद तथा बेपत्ता परिवारलाई सम्मान

कपिलवस्तु : नेपाल कम्युनिस्ट पार्टी कपिलवस्तुले जनक्रान्तिका सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताहको सन्दर्भमा जनयुद्धकालमा सहादत प्राप्त गर्ने ७३ जना सहिद एवम् राज्यद्धारा बेपत्ता बनाइएका ७ जना योद्धाका परिवारजन र घाइते योद्धालाई नेकपा कपिलवस्तुले कदरपत्रसहित सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुलिङ बिभागका भेसराज भुसालले वर्तमान राज्यव्यवस्थाले सहिदको सपना पूरा नहुने भन्दै वैज्ञानिक समाजवादी व्यवस्थाद्वारा मात्र सहिद तथा बेपत्ताका सपना पूरा हुने बताए । उनले जनयुद्धका सपनाहरू एकीकृत जनक्रान्तिमार्फत पूरा गरिने भन्दै प्रचण्ड बाबुरामले सहिदका सपनाहरूमाथि गम्भीर गद्दारी गरेको बताए ।

यसैगरी नेकपा केन्द्रीय सदस्य एवम् कपिलवस्तु तथा अर्घाखाँची इन्चार्ज जुझारुले महान् सहिदका सपनाहरू पूरा गर्ने बाटो एकीकृत जनक्रान्ति भएको भन्दै त्यसका लागि सहिद एवम् बेपत्ता परिवारजनको भूमिका महत्वपूर्ण हुने बताए ।

जिल्ला सेक्रेटरी कमलको अध्यक्षता, जिल्ला सदस्य शेरमानको सञ्चालनमा भएको कार्यक्रममा लामो समय जेलबाट रिहाइँ हुनुभएका नेकपा रुपन्देहीका तत्कालीन इन्चार्ज सङ्गम र नेकपा कपिलवस्तुका जिल्ला सदस्य गणेश थारुलाई समेत स्वागत एवम् सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय थारु मुिक्त मोर्चाका केन्द्रीय संयोजक सुनिल थारू, बिशेष कमिटी सदस्य हेमन्त, सहिद परिवारका जिल्ला अध्यक्ष बिरबहादुर बिकलगायतको उपस्थिति रहेको थियो ।

कपिलवस्तुमा नेकपाले हरेक बर्ष सहिद तथा बेपत्ता योद्धाका परिवारहरूलाई सम्मान गर्दै आएको छ । राज्यले नेकपामाथि प्रतिबन्ध लगाएको बेलासमेत सहिद तथा बेपत्ता परिवारलाई भेटेर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :