रुसले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिका : नेकपा

सोभियत रुसमा आबद्ध जनता फेरि समाजवादमा फर्क : कञ्चन

रुसले युक्रेनमाथि आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिका : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीले रुसले युक्रेनमाथि सैन्य आक्रमण गर्नुको मुख्य कारण साम्राज्यवादी अमेरिकी नीति र व्यवहार रहेको प्रस्ट पारेको छ । नेकपाका अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले विज्ञप्ति जारी गरी पूर्वसोभियत रुसमा आबद्ध मुलुकहरुलाई साम्राज्यवादी बाटो परित्याग गरी लेनिन र स्टालिनले नेतृत्व गर्नुभएको समाजवादकै बाटो अवलम्बन गर्न आह्वान गरेका छन् ।

प्रेस विज्ञप्ति जारी गर्दै नेकपा केन्द्रीय सचिवालय सदस्यसमेत रहेका नेता कञ्चनले भनेका छन्, ‘युक्रेनमाथि आक्रमण गर्ने अवस्था सिर्जना गर्न अमेरिकी साम्राज्यवादको प्रमुख भूमिका रहेको तथ्य विश्वसामु प्रस्टै छ । संयुक्त राज्य अमेरिकाले सन १९९० को दशकमा रुसको आन्तरिक राजनीतिमा पैदा भएको कमजोरीको फाइदा उठाउँदै सोभियत सङ्घका तमाम गणराज्यहरू टुक्र्याउने काम मात्र गरेन, बाल्टिक गणराज्यहरूमा सैनिक ब्यारेक खडा गर्ने, रुसका विरुद्ध घेराबन्दी गर्ने, आर्थिक नाकाबन्दी गर्दै रुसी जनतालाई कमजोर बनाउने हर्कत गर्दै आयो । त्यति मात्र होइन, त्यस क्षेत्रका देशहरूमा अमेरिकाले सैनिक उपस्थिति र हतियारको निक्षेपीकरण गर्ने र त्यहाँका सरकार प्रमुखहरूलाई रुसका विरुद्ध उच्काउने काम पनि गर्दै आयो ।’

नेता कञ्चनले विज्ञप्तिमा भनको छन्, ‘स्वतन्त्र राष्ट्रहरूको आर्थिक एवम् राजनीतिक कमजोरीको दुरुपयोग गर्दै साम्राज्यवादी प्रभुत्व कायम गर्ने र जनताको स्वाधीनता र सार्वभौमिकतामाथि बलात् गर्ने कार्य अमेरिकी साम्राज्यवादले गर्दै आयो र अहिले पनि गरिरहेको छ जसको परिणाम अहिले रुस युक्रेनमाथि सैनिक कारबाही गर्न बाध्य भएको प्रस्टै छ ।’

नेकपा नेता कञ्चनले जारी गरेको विज्ञप्तिको पूर्ण विवरण यसप्रकार रहेको छ :

युक्रेनमाथि रुसले विशेष सैन्य कारबाही गरेको छ । यसले विश्वको ध्यान आकर्षण गरेको छ ।

युक्रेनमाथि आक्रमण गर्ने अवस्था सिर्जना गर्न अमेरिकी साम्राज्यवादको प्रमुख भूमिका रहेको तथ्य विश्वसामु प्रस्टै छ । संयुक्त राज्य अमेरिकाले सन १९९० को दशकमा रुसको आन्तरिक राजनीतिमा पैदा भएको कमजोरीको फाइदा उठाउँदै सोभियत सङ्घका तमाम गणराज्यहरू टुक्र्याउने काम मात्र गरेन, बाल्टिक गणराज्यहरूमा सैनिक ब्यारेक खडा गर्ने, रुसका विरुद्ध घेराबन्दी गर्ने, आर्थिक नाकाबन्दी गर्दै रुसी जनतालाई कमजोर बनाउने हर्कत गर्दै आयो । त्यति मात्र होइन, त्यस क्षेत्रका देशहरूमा अमेरिकाले सैनिक उपस्थिति र हतियारको निक्षेपीकरण गर्ने र त्यहाँका सरकार प्रमुखहरूलाई रुसका विरुद्ध उच्काउने काम पनि गर्दै आयो । स्वतन्त्र राष्ट्रहरूको आर्थिक एवम् राजनीतिक कमजोरीको दुरुपयोग गर्दै साम्राज्यवादी प्रभुत्व कायम गर्ने र जनताको स्वाधीनता र सार्वभौमिकतामाथि बलात् गर्ने कार्य अमेरिकी साम्राज्यवादले गर्दै आयो र अहिले पनि गरिरहेको छ जसको परिणाम अहिले रुस युक्रेनमाथि सैनिक कारबाही गर्न बाध्य भएको प्रस्टै छ । त्यसमाथि रुसले पनि पूर्वसोभियत सङ्घका देशहरूमा समाजवादी भाइचारा, आपसी सद्भाव र सम्बन्ध बनाउनुको सट्टा साम्राज्यवादी बजारको विस्तार र पँुजीवादी मुनाफा जम्मा गर्ने नीति लागू गर्यो जसको परिणाम युक्रेनी जनतामाथि युद्ध थोपर्नुपर्ने स्थिति पैदा भयो । यसले साम्राज्यवाद भनेको युद्ध हो भत्रे लेनिनको वैज्ञानिक विश्लेषण पुनर्पुष्टि भएको छ ।

अमेरिकी साम्राज्यवादले एकातिर सोभियत सैन्य गठबन्धन विघटन गर्न बाध्य पार्यो भने अर्कोतिर पूर्वसोभियत सङ्घमा भएका देशहरूलाई अमेरिकी सैन्य गठबन्धन नाटोको पुच्छर बनाउन विवश बनाउँदै आयो । यूएसएसआर (युनियन अफ द सोभियत सोसियलिस्ट रिपब्लिक) अथवा समाजवादी रुस हुँदा स्वेच्छापूर्बक महासङ्घमा एकसाथ रहेका राज्यहरू अहिले अमेरिकी साम्राज्यवादको युद्धनीतिकै कारण दुस्मनीपूर्ण द्वन्द्वमा फस्न पुगेका छन् । मानवजातिका लागि युद्ध हितकर नहुँदानहुँदै पनि त्यस क्षेत्रका जनताले युद्धको भुमरीमा फस्नु परेको छ ।

नेपाललाई पनि अमेरिकाले एमसीसीमार्फत अमेरिकी सैन्य गठबन्धन इन्डो प्यासिफिक रणनीति र क्वड्रिलियन एलायन्सको पुच्छर बनाउने प्रयत्न गरिरहेको छ । कुनै पनि साम्राज्यवादी मुलुकको सैन्य गठबन्धनमा सामेल हुनु आत्मघाती युद्धको भुमरीमा फस्नु हो । नेपालमा राष्ट्रघाती एमसीसी लागू गरियो भने पूर्वसोभियतबाट छुट्टिएर अमेरिकी सैन्य गठबन्धनको पुच्छर बत्र चाहने देशहरूको अवस्थामा दक्षिणएसिया नधकेलिएला भत्रै सकिँदैन ।

हाम्रो पार्टी अमेरिकी साम्राज्यवादले विभित्र देशहरूमाथि थोपर्ने राजनीतिक, आर्थिक हस्तक्षेपको अन्त्य गरोस् भत्रे चाहन्छ । पूर्वीयुरोपका देशहरूबाट युद्धपोतसहितको सैनिक उपस्थिति तुरुन्त फिर्ता गरोस् भत्रे चाहन्छ । रुसले पनि युक्रेनलगायत बाल्टिक क्षेत्रको तनाव वार्ता र संवादबाट समाधान गरोस् भत्रे चाहन्छ र त्यस क्षेत्रका जनताको अधिकार उनीहरूको जनमत र जनचाहनाबाट निर्धारण गरोस् भत्रे चाहन्छ । हाम्रो पार्टी साम्राज्यवादी युद्धको विरोध गर्दछ र त्यस क्षेत्रका जनतालाई एकपटक इतिहासको स्मरण गर्दै लेनिन र स्टालिनले स्थापना र संरक्षण गरेको समाजवाद पुनस्थापना गर्नका लागि सङ्घर्ष गर्न अपिल गर्दछ । प्रेस विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :