नेकपा हुम्लाद्वारा एमसीसी विरुद्ध गाउँगाउँमा विराेध सभा तथा राजनीतिक सभा सम्पन्न

नेकपा हुम्लाद्वारा एमसीसी विरुद्ध गाउँगाउँमा विराेध सभा तथा राजनीतिक सभा सम्पन्न

नेपाल कम्युनिष्ट पार्टी हुम्लाले राष्ट्रघाती एमसीसी सम्झाैताकाे विरुद्धमा विराेध सभा तथा राजनीतिक सभाहरु गाउँगाउँमा सञ्चालन गरिरहेकाे छ ।

यसैक्रममा अदानचुली गाउँपालिका, सर्केगार्ड गाउँपालिका र खार्पुनाथ गाउँपालिकामा राष्ट्रघाती एमसीसी सम्झाैताकाे विरुद्धमा विराेध सभा सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सम्बाेधन गर्दै पार्टीका पूर्व सेक्रेटरी तथा वरिष्ठ नेता निर्माणले एमसीसी सम्झाैता राष्ट्रघाती भएकाे जिकिर गरेका थिए । नेकपाकाे राजनीतिक सभा अभियानसँगै एमसीसी विरुद्धकाे अभियान, विराेध सभा जिल्लाका विभिन्न पालिकामा सम्पन्न भएकाे छ ।

साेही कार्यक्रम सर्काेगार्ड गाउँपालिकामा गाँउपालिकामा पनि सम्पन्न भएको छ । कार्यक्रम गाउँपालिका इन्चार्ज गाैरवकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे बताइएको छ ।

यसैगरी खार्पुनाथमा गाउँपालिकामा इन्चार्ज शक्तिकाे अध्यक्षतामा सम्पन्न भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :