काठमाडौँमा आज पनि राष्ट्रघाती एमसीसीविरुद्ध संसद् भवनअघि प्रदर्शन, देशभर कोणसभा जारी

काठमाडौँमा आज पनि राष्ट्रघाती एमसीसीविरुद्ध संसद् भवनअघि प्रदर्शन, देशभर कोणसभा जारी

काठमाडौँ : नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाको आह्वानमा राष्ट्रघाती एमसीसीविरुद्ध काठमाडौँमा प्रदर्शन र देशभर कोणसभा जारी छ ।

आन्दोलनकारी दलले दिएको जानकारीअनुसार आज १३ गते काठमाडौँमा पनि देशका अन्य जिल्लामा झैँ कोणसभा आयोजना गर्ने तय भएको भए पनि प्रदर्शनको कार्यक्रम परिमार्जन गरिएको हो । प्रदर्शन साबिकझैँ नयाँबानेश्वरमा हुनेछ ।

६ दल र दुई मोर्चाले यसअघि १६ गतेसम्म सांसदलाई अनुरोध गर्नेदेखि संसद् भवन घेराउसम्मका सडक संघर्षका कार्यक्रम सार्वजनिक गरेका थियो । निर्णयअनुसार ११ गते र १२ गतेका कार्यक्रमहरु भव्यतापूर्वक सम्पन्न भइसकेको जनाइएको छ । फागुन ११ गते उपत्यकामा सांस्कृतिक क्षेत्रलगायतको विरोध प्रदर्शन, फागुन ११ गते साँझ देशव्यापी मशाल जुलुस, १२ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट प्रदर्शनसहित संसद् भवन घेराउ भइसकेको छ । संसद् भवन घेराउ कार्यक्रममा सरकारले आन्ज्दोलनकारीमाथि राज्यसत्ताको अत्यधिक दुरुपयोग गरी क्रूरता प्रदर्शन गर्दै गोली, अश्रुग्याँस, पानीको फोहोरा, लाठी प्रहार गर्दै आएको छ । कयौँ प्रदर्शनकार िगिरफ्तार भएका छन् भने कयौँ गभ्मीर घाइते भएर उपचार गराइरहेका छन् । काठमाडौँबाट जनपत्रकार सङ्घ केन्द्रीय सचिवालय सदस्य एवम् अग्रज पत्रकार सुदर्शनराज पाण्डेलाई समेत गिरफ्तार गरिएको सङ्गठनले जनाएको छ ।

आज १३ गते देशव्यापी कोणसभा घोषणा गरिएको भए पनि काठमाडौँमा भने प्रदर्शन गर्ने तय भएको जानकारी नेकपाका केन्द्रीय सदस्य एवम् रातो खबरका निर्देशक प्रज्वलनले दिए ।

फागुन १४ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय घेराउ, काठमाडौँ उपत्यकामा माइतीघरमण्डलबाट प्रदर्शनसहित संसद् भवन घेराउ, १५ गते काठमाडौँमा विशाल विरोध प्रदर्शन एवम् बृहत् संयुक्त विरोधसभा, देशव्यापी विरोध प्रदर्शन, विरोधसभा र १६ गते विशेष सङ्घर्षसहित सङ्घीय सांसदहरूलाई एमसीसीविरुद्ध खडा हुन पत्राचार गर्ने कार्यक्रम सार्वजनिक भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :