नयाँ शक्तिबाट नेताद्वय अलग हुने

debendra-poudel

काठमाडौं : मंसिर १, बाबुराम भट्टराईको माक्र्सवादबाट पूर्णतः विचलन र गैरमाओवादी मोहप्रति असन्तुष्टि जनाउँदै आएका नेताहरू देवेन्द्र पौडेल ‘सुनील’ र वामदेव क्षेत्री अन्ततः नयाँ शक्ति नेपाल पार्टीबाट अलग हुने भएका छन् । नयाँ शक्ति निकट स्रोतका अनुसार यसबीचचमा उनीहरूले प्रचण्डसँग पटकपटक छलफलसमेत गरिसकेका छन् ।

प्रचण्डसँग भावनात्मक दूरी रहेको र माओवादी केन्द्र विघटनको दिशामा गएका कारण उनीहरू त्यहाँ प्रवेश गर्न सकिरहेका छैनन् । अलग पार्टी बनाउँदा संसदीय वातावरणमा हराउने त्रास पनि उनीहरूका बीचमा छ । ती दुई नेताको रवीन्द्र मिश्र र मुमाराम खनालसँग पनि बाक्लो उठबस छ

। तसर्थ निकट भविष्यमा उनीहरू भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल नामक दलबाट अगल भएर स्वतन्त्र समूह निर्माण गर्ने र त्यसपछि मात्र भाबी यात्रा तय गर्ने सोचाइमा रहेको स्रोतको दाबी छ । त्यसैगरी नयाँ शक्तिका हस्ती मानिएका रामेश्वर खनाल पनि उक्त दलबाट अलग हुने जोखाना हेरेर बसेका छन् । खनाललाई टिकाउन महाधिवेशनको मिति तोकेर त्यहाँसम्म पर्खाउनेबाहेक भट्टराईसँग अर्को विकल्प छैन ।

माओवादी पृष्ठभूमिका नेता र अराजनीतिक पृष्ठभूमिबाट आएका कार्यकर्ताबीच नयाँ शक्तिमा द्वन्द्व बढेको छर्लंगै छ । बाबुराम भट्टराईसँग दुवै पक्षका नेता–कार्यकर्ता असन्तुष्ट छन् । पार्टीको घट्दो साखसँगै गतसाता प्रचण्ड र बाबुरामबीच भएको भेटघाटलाई अर्थपूर्ण रूपमा हेर्नेको पनि कमी छैन । ठूलो तामझामबीच नयाँ शक्ति नामक पार्टी घोषणा गरेका भट्टराई आजभोलि उत्साहित छैनन् । पौडेल र क्षेत्रीको बहिर्गमनले नयाँ शक्तिको जग हल्लिने विश्लेषण हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :