पैत्रिक सम्पत्तिको उन्मूलन, समता समाजको निर्माण : धर्मेन्द्र बास्तोला

धर्मेन्द्र बास्तोला (कन्चन) नेकपा (माअ‍ेवादी) स्थाई समिति सदस्य
धर्मेन्द्र बास्तोला (कन्चन) नेकपा (माअ‍ेवादी) स्थाई समिति सदस्य

पैत्रिक सम्पत्तिमा सम्पूर्ण रूपले दाबी परित्याग गर्ने, पैत्रिक सम्पत्तिका आधारमा छोराछोरी तथा भाइभतिजामा हस्तान्तरित हुने सम्पत्ति आर्जन नगर्ने, जीवनका सम्पूर्ण क्षमता र अवसरहरूलाई पैत्रिक सम्पत्तिका आधारमा हस्तान्तरित हुने सम्पत्ति आर्जनको काममा कहिल्यै दुरुपयोग नगर्ने उद्घोष गरेपछि र देश तथा विश्वमा पैत्रिक सम्पत्तिको समूल उन्मूलन गर्ने वैज्ञानिक समाजवाद अथवा समतामूलक समाज निर्माण गर्ने अभियानमा लागेको मेरो जीवनभरको सङ्घर्षको आदर्शलाई विद्यमान कानुनअनुसार पनि प्रयोग गरेपछि धेरै मित्रहरूबाट विविध प्रतिक्रिया प्राप्त भए ।

धेरै मित्रहरूले यसलाई उचित काम भन्नुभयो । केही मित्रहरूले यसलाई समाजले पचाउन नसक्ने बताउनुभयो । कतिपय मित्रहरूले बुझ्न नसकिने बताउनुभयो । केही मित्रहरूले यो कामबाट मैले आफ्ना छोराछोरी र समाजप्रति अपमान र अन्याय गरेको बताउनुभयो । कतिपय मित्रहरूले यो निर्णयलाई आफू र आफ्ना सन्ततिहरूलाई कङ्गाल बनाउने तरिका भएको र यो नियम समाजले लागू गर्ने हो भने देशका सम्पूर्ण मानिस कङ्गाल हुने तर्क गर्नुभयो । समाजमा व्यक्त यी धारणा र प्रश्नहरू सामान्य देखिए पनि तिनको अर्थ निकै गहिरो र दूरगामी छ । मानिसका यी सोचाइहरू विश्वमा शताब्दीयौादेखि रहादै आएको पुरानो उत्पादन सम्बन्ध, त्यसले पैदा गरेको वर्ग विभाजन, त्यो उत्पादन सम्बन्धले पैदा गरेको संस्कृति र त्यो संस्कृतिले पैदा गर्ने चेतनाबाट निर्धारित छन् ।

देशमा अथवा विश्वमा समाजको पैत्रिक सम्पत्ति नभएर व्यक्तिगत पैत्रिक सम्पत्ति हुने र समाजको पैत्रिक सम्पत्ति समाजमा हस्तान्तरित हुने नभएर व्यक्तिको सन्ततिमा हस्तान्तरित हुने प्रचलनले विश्वको ठूलो जनसङ्ख्यालाई कति सङ्कुचित, छुद्र, दु:खी, गरिब तथा कङ्गाल बनाएको छ र विश्वको अत्यन्त सानो सङ्ख्या जसले सम्पत्तिमाथि उपयोग गरेको छ त्यो कति आतङ्कमा बााच्नुपरेको छ भन्ने तथ्यलाई वैज्ञानिक तरिकाले प्रस्ट गर्न आवश्यक छ ।
के हो पैत्रिक सम्पत्ति ? किन मानिसहरू पैत्रिक सम्पत्तिको अधिकारका लागि सङ्घर्ष गरिरहेका हुन्छन् ? ऐतिहासिक पृष्ठभूमिबाट हेर्ने हो भने पैत्रिक सम्पत्ति एकाधिकार पुाजीको जग हो भन्ने देखिन्छ । तर यो एकाधिकार त्यतिबेला बलियो भएको देखिन्छ जतिबेला सामन्तवादको विकास भयो । पितृसत्तात्मक समाजमा सामान्यतया परिवारको मूली जेठो पुरुष हुने गर्छ अथवा समाजमा पुरुषको नियन्त्रण रहेको हुन्छ र उसले आफ्नो अधिकारको प्रयोग आफ्नो स्वार्थका लागि गर्छ ।

यो नियमअनुसार परिवारको जेठो छोरो बाबुको अधिकारको अधिकारी बन्न पुग्छ । यो नियम बाबुको सम्पत्ति, समाजको प्रतिष्ठा र देशको राजा बन्ने नियमसम्म लागू हुन्छ । यसको परिणाम बाबुको सम्पत्तिको हकदार उसका छोराहरू, बाबुको सामाजिक प्रतिष्ठाको हकदार उसका सन्ततिहरू र बाबुको राजगद्दी अथवा राजकाजको हकदार उसको सन्तान हुने गर्छ । सामन्तवादी उत्पादन सम्बन्धले महिलाको पैत्रिक सम्पत्तिमाथिको अधिकारको हनन गरेको थियो । त्योभन्दा अगाडिको दास युगमा दासहरूको सम्पत्ति पूर्ण नष्ट गरिएको थियो र उनीहरूका लागि पैत्रिक भन्ने केही थिएन । तर दास युगका दास मालिकहरूको पैत्रिक सम्पत्ति सम्पत्तिसहित दासहरूसमेत सम्पत्तिका रूपमा सन्ततिमा हस्तान्तरित हुन्थ्यो ।

सामन्तवादी युगमा किसानसाग सम्पत्ति नभए पनि सामन्तसाग सम्पत्ति हुन्थ्यो र त्यो सम्पत्ति उसका सन्तानहरूमा हस्तान्तरित हुन्थ्यो । पुाजीवादी समाजमा पनि पैत्रिक सम्पत्तिमाथिको अधिकार आफ्ना सन्ततिमाथि सुनिश्चित गरिएको छ । यसरी जबसम्म पैत्रिक सम्पत्तिमाथि सन्ततिको अधिकार अन्त्य गरिादैन तबसम्म सामन्तवादको अवशेष जुनसुकै समाजमा पनि रहिरहन्छ । भन्ने गरिन्छ, पुाजीवादले सामन्तवादको समूल नष्ट गर्‍यो । तर तथ्यबाट हामी के कुरा पाउाछौा भने पुाजीवादको प्रचुर विकास भएका देशहरूमा पनि सामन्तवादका अवशेषहरू रहिरहेका छन् । 

अमेरिका, बेलायतलगायत विकसित पुाजीवादी देशहरूमा अहिले पनि पैत्रिक सम्पत्तिको संरक्षण र विकास हुने गरेको छ । त्यति मात्र होइन, यसप्रकारका विकसित देशहरूमा अत्यन्त परम्परागत सामन्तवादका अवशेषहरू जब्बर रूपमा रहेका छन् । अमेरिका, बेलायतजस्ता विज्ञान र प्रविधिमा विकास गरेका देशहरूले राज्यलाई नै क्रिस्चियन भनेर घोषणा गर्नु पुरातनवाद हो । त्यहााका मानिसहरू अहिले पनि क्रिस्चियन, इस्लामिक, हिन्दु, बौद्ध, जैन, कन्फ्युसियसलगायत धार्मिक अन्धविश्वासमा आस्था राख्छन् ।

यसको आधार भनेको पैत्रिक सम्पत्ति हो । यी सबै गलत प्रकारका दर्शन र त्यसअनुसारको व्यवहारमा अमानवीयता, मानिसमाथि मानिसबाट हुने शोषण, उत्पीडन र अत्याचारको वैचारिक, राजनीतिक र सङ्गठनात्मक शृङ्खला जोडिएको छ । धार्मिक अन्धविश्वास उत्पीडित मानिसहरूको उत्पीडनबाट मुक्ति पाउने आधारका रूपमा लिने गरिएको छ तर जुन नीति र विद्याले मानिसमा उत्पीडनकारी समाजको निरन्तरतता दिने गरेको छ मानिस त्यसैको रक्षाका लागि मरिमेटेर लागेको छ । त्यसको आधारभूत कारण भनेको पैत्रिक सम्पत्ति नै हो ।
पैत्रिक सम्पत्तिको उन्मूलनबिना कुनै पनि मानिसले मानिसबाट हुने उत्पीडनबाट मुक्ति प्राप्त गर्न सक्दैन अथवा पैत्रिक सम्पत्ति भनेको सम्पत्तिमाथि निश्चित मानिसहरूको निजी स्वामित्व कायम गर्ने पद्धति हो । सम्पत्तिमाथिको निजी स्वामित्वका कारण हरेक घरमा, हरेक समाजमा र अन्तत: देशदेशका बीचमा कलह र युद्धसमेत हुन पुग्छ ।

मानिसलाई आवश्यक पर्ने सम्पत्ति र निजी सम्पत्तिका बीचको अन्तरविरोधले व्यक्ति, समाज र देशको समग्र विकासलाई बन्ध्याकृत गरेको हुन्छ । पैत्रिक सम्पत्तिमाथिको अधिकार अथवा निजी सम्पत्तिका कारण मानिसको सामाजिक संरचना तथा पारिवारिक संरचनामा समेत त्यहीअनुसारको प्रभाव पारेको हुन्छ । पैत्रिक सम्पत्ति अथवा निजी सम्पत्तिको हकदार पैदा गर्नु पितृसत्तात्मक समाजको पहिलो कर्तव्य हुन्छ । त्यही कारण मानिसले वैवाहिक पद्धतिबाट महिलालाई पैत्रिक सम्पत्ति हस्तान्तरण गर्ने, त्यसको रक्षा गर्ने र त्यसप्रकारको सामाजिक चक्रको निरन्तरता दिने सन्ततिको जन्म दिने मेसिनका रूपमा प्रयोग गर्छ ।

यसप्रकारको सामाजिक संरचनाका कारण कुनै महिलाले आफ्नो पतिबाहेक अर्को पुरुषबाट सन्तान पैदा गर्‍यो भने त्यो सन्ततिलाई महिलाले उपभोग गरेको सम्पत्तिको अधिकार रहन जाादैन । त्यति मात्र होइन, महिलाले विवाह गरेको पतिसाग सम्बन्धविच्छेद गरी अर्को पुरुषसाग सम्बन्ध बनाएको अवस्थामा उसले उपभोग गरेको सम्पत्ति र पारिवारिक प्रतिष्ठाबाट समेत उसको सम्बन्धविच्छेद हुन पुग्छ । यो किन भैरहेको हुन्छ भने महिलालाई आधारभूत रूपमा मानिस नभएर पुरुषको सम्पत्तिका रूपमा उपयोग गरिएको हुन्छ ।

जसरी पैत्रिक तथा निजी सम्पत्तिको उन्मूलन नहुादासम्म कुनै पनि मानिस स्वतन्त्र र सबै प्रकारका उत्पीडनबाट मुक्त हुन सक्दैन, त्यसैगरी महिला तथा पुरुषका बीचको निजी वैवाहिक सम्बन्ध तथा निजी यौनसम्बन्ध रहादासम्म महिलामाथिको उत्पीडनको पनि अन्त्य हुन सक्दैन । महिलामाथिको अत्याचार जति अविकाशित देशहरूमा रहेको छ त्यत्तिकै अत्याचार विकसित देशहरूमा हुने गरेको पाइन्छ । त्यस्तै महिलामाथि उत्पीडन जति कमजोर आर्थिक अवस्था रहेका महिलामा हुने गरेको हुन्छ त्यत्तिकै अवस्था धनी परिवारका महिलामा पाइन्छ । युरोपेली समाजमा मजदुरहरूमा भन्दा बढी पुाजीपतिहरूमा महिलामाथिको निजत्वको प्रभाव अति परेको हुन्छ । किनभने त्यहाा सम्पत्तिको निजीकरण र पैत्रिक सम्पत्तिको उत्तराधिकारी पैदा गर्ने कुरा मात्र रहन्न त्यहाा निजी नश्लको निरन्तरता दिने प्रश्न अति महत्वको बन्छ ।

बेलायती घरानियाकी डायना राजपरिवारको नश्लमा जोडिएपछि अरब नश्लको डोडी भन्ने व्यक्तिबाट गर्भधारण गरेकै कारण उनको हत्या गरिएको भनिन्छ । बेलायती राजकुमारीले राजपरिवारको निजी नश्लको रक्षा गर्न नसकेको अभियोगमा उनको जीवनसमेत समाप्त पारियो जुन सम्भावना बेलायती मजदुरको सन्दर्भमा कमै लागू हुन्छ । जति कुलीन परिवारमा महिलाको जन्म हुन्छ वा उनीहरूको वैवाहिक सम्बन्ध हुन्छ त्यति नै ती महिलाहरू उत्पीडित हुने गरेको पाइन्छ ।

यसप्रकारको समस्या इस्लामिक धर्म र सम्प्रदाय अनुसरण गर्ने समाजका महिलामा बढी हुने गरेको पाइन्छ । यी सबै प्रकारका बेथितिको जग भनेको पैत्रिक सम्पत्तिमाथि व्यक्तिको अधिकार हो । यो दास युगदेखि सामन्ती युग हुादै अहिलेसम्म विद्यमान रहेको संस्कृति र परम्परा हो । यसप्रकारको परम्परालाई पुाजीवादले विज्ञानको विकास भएका देशहरूमा समेत संरक्षित गरेको पाइन्छ । जबसम्म पैत्रिक सम्पत्ति सन्ततिमा हस्तान्तरित हुने व्यवस्थाको अन्त्य हुादैन तबसम्म पूर्ण रूपले समाजको पुाजीवादमा विकास भएको मान्न सकिादैन ।

पुाजीवादी व्यवस्थाले पुाजीको विकास र वितरणको प्रक्रियामा पैत्रिक सम्पत्तिको अन्त्य गरेको हुन्थ्यो भने यो तथ्य सामुन्ने आउाछ, पुाजीवादको पूर्ण रूपले विकास भएको देश समाजवादी समाजमा रूपान्तरित हुन सक्छ भन्ने माक्र्सको भविष्यवाणी यहाा तथ्यपरक देखिन्छ । पैत्रिक सम्पत्तिको पूर्ण रूपले पुाजीवादी मुलुकमा पनि उन्मूलन हुने हो र सम्पत्ति समाजको रहने हो भने कुनै पनि अर्थमा पुाजीवाद र वा पुाजीको संकेन्द्रणका लागि साम्राज्यवादको आवश्यकता पर्नेछैन । निजी तथा पैत्रिक सम्पत्तिको अन्त्य गर्ने हो भने त्यसले कसरी समस्त जनताको उत्पीडनको अन्त्य गर्छ र निजी पति वा पत्नीको अन्त्यले कसरी महिलामाथिको उत्पीडनको अन्त्य हुन्छ ? यो प्रश्नलाई वैज्ञानिक तरिकाले हेर्नुपर्छ ।

 निजी सम्पत्तिको अन्त्यले सम्पूर्ण रूपमा व्यक्तिको निजी सम्पत्तिको अन्त्य गर्दैन, न त निजी यौनसम्बन्धले वा निजी पति वा पत्नीको अन्त्य गर्ने व्यवस्थाले सम्पूर्ण रूपमा परिवारको अन्त्य गर्छ । यो व्यवस्थाले अहिले भएको दासतामा आधारित पारिवारिक सम्बन्धको अन्त्य गर्छ । त्यसले महिलामाथिको उत्पीडनको अन्त्य गर्छ । त्यसले मानिसबाट मानिसले उत्पीडित हुनुपर्ने अवस्थाको अन्त्य गर्छ ।

जब मानव जातिको बसोबास भएको यो पृथ्वीमा समाजको सम्पत्ति कुनै व्यक्तिको नभएर समस्त समाजको हुन्छ त्यो समाजको सम्पत्ति सबै मानिसले क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दामको सिद्धान्तमा आधारित रहेर उपभोग गरेको हुन्छ र कुनै पनि व्यक्तिले आफ्नो जीवनमा उपभोग गरेको सम्पत्ति उसको सन्ततिमा नभएर समाजमा हस्तान्तरित हुने व्यवस्था हुन्छ त्यतिबेला कुनै पनि मानिसलाई सामाजिक सम्पत्तिको स्थानमा न व्यक्तिगत सम्पत्तिको आवश्यकता पर्नेछ न त निजी परिवारको ।

किनभने निजी परिवार उत्पादनका लागि एकाइ हो र त्यो उत्पादित सम्पत्तिमा व्यक्तिगत हक हुने अवस्थामा मात्र मानिसलाई आफ्नो निजी परिवार, निजी उत्पादन र निजी सम्पत्ति आवश्यक हुने गरेको हो । निजी सम्पत्ति अथवा पैत्रिक सम्पत्तिको अन्त्य गर्ने हो भने र हरेक व्यक्तिका लागि आवश्यक पर्ने गाास, बास, स्वास्थ्य, शिक्षा, रोजगारी तथा समग्रमा जीवनयापनका लागि सामाजिक सुरक्षा समाजले व्यवस्था गर्ने हो भने संसारको कुनै पनि व्यक्तिलाई न निजी सम्पत्ति आवश्यक पर्ने छ, न त निजी समाजको, न निजी देशको आवश्यक पर्नेछ न निजी समुदाय तथा सम्प्रदायको ।

त्यतिबेला पृथ्वीको सम्पूर्ण सम्पत्ति सम्पूर्ण मानव जातिको हुनेछ । पृथ्वीको सम्पूर्ण मानव जाति मानव परिवार हुनेछ र सम्पूर्ण मानव जातिको कर्तव्य भनेको आफ्नो क्षमताअनुसार वैज्ञानिक पद्धतिमा रहेर उत्पादन गर्ने, उत्पादित वस्तुको वैज्ञानिक तरिकाले वितरण गर्ने र समाजको मानव संस्कृतिलाई अरू विकसित, समृद्ध र सुसभ्य बनाउने हुनेछ । यसप्रकारको समाजमा मानिस वास्तविक अर्थमा स्वतन्त्र हुनेछ । कुनै पनि स्वतन्त्र मानिसले आवश्यकताको बोध गर्न सक्छ ।

यसमा हामी आवश्यकता र स्वतन्त्रताको द्वन्द्वात्मक सम्बन्ध देख्छौा । आवश्यकताको पहिचान गर्न सक्नु स्वतन्त्रता हो भन्ने एङ्गेल्सको विश्लेषणलाई यहाा विशेष ध्यान दिनुपर्छ । जब मानिस स्वतन्त्र हुन्छ उसले आवश्यकताको पहिचान गर्न सक्छ । मासिले पैत्रिक सम्पत्तिको बन्धन र बोझबाट मुक्त हुने समाजको निर्माण गर्न सक्यो भने, मानिसले निजी परिवार र निजी पति–पत्नीको सामाजिक उल्झन अन्त्य गर्न सक्यो भने उसले निरन्तर विकास गर्ने आवश्यकताको बोध गर्छ । यसप्रकारको आवश्यकताले मानिसलाई अहिलेको जस्तो दु:खी, गरिब र उत्पीडित हुनुपर्ने छैन । यसप्रकारको समाज हामीले वैज्ञानिक समाजवाद हुादै साम्यवादमा पुग्ने अवस्थामा निर्माण गर्न सक्नेछौ ।

यसप्रकारको मानवसभ्यताको उच्चतम विकास भएको समाजको निर्माण गर्न मानिसले पैत्रिक सम्पत्तिको उन्मूलनको अभियान सञ्चालन गर्नुपर्छ । यद्यपि यसप्रकारको समाज स्थापना गर्न देशहरूले एउटा ठूलो ऐतिहासिक प्रक्रियाबाट गुज्रनु पर्नेछ तथापि निजी सम्पत्ति तथा पैत्रिक सम्पत्तिको अधिकारको अन्त्य गर्ने हो भने अहिले मानिसलाई जसरी भ्रष्टाचारको आवश्यकता पर्छ, चोरी तस्करी र निर्धामाथि सामाजिक उत्पीडनको आवश्यकता पर्छ, अहिले जसरी परिवारको सााघुरो घेराको आवश्यक पर्छ र निजी पति र पत्नीको आवश्यकता पर्छ त्यो प्रक्रियाको अन्त्य हुनेछ र त्यसले मानव जातिमा सबै प्रकारका उत्पीडनको अन्त्य गर्नेछ । तसर्थ आज सबैभन्दा उत्पीडित जनताले पैत्रिक सम्पत्तिको उन्मूलन सङ्घर्ष अगाडि बढाउनुपर्छ ।  

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :