झापालीहरु माओवादीतीर

purbaझापा : कार्तिक ३०,  झापाका पुराना बामपन्थी नेता डिल्लीकुमार मैनाली वैद्य माओवादी परित्याग गरी नेकपा (माओवादी)मा प्रवेश गरेका छन् ।

झापा, गरामुनी निवासी मैनाली नेकपा (क्रान्तिकारी माओवादी)का केन्द्रीय सल्लाहकार हुन् । मैनाली २०२८ सालको झापा विद्रोहका एकजना हस्तीका रुपमा चिनिन्छन् ।

२०४२ सालको तत्कालीन नेकपा (माले) समर्थित जनपक्षीय उमेदवारका रुपमा चुनाव लडेका मैनाली तत्कालीन गरामुनिका प्रधानपञ्च पनि हुन् ।

त्यसैगरी तत्कालीन क्रान्तिकारी कम्युनिस्ट पार्टी मणि समूहका केन्द्रीय सदस्य लिला लावती, माओवादी केन्द्रका मेघराज अधिकारी, भरत दाहाल समूहका क.इस्लामलगायत १३ जना नेताहरु नेकपा (माओवादी) मा प्रवेश गरेका छन् ।

purba1

ध्रुविकृत हुने नेताहरुलाई नेकपा (माओवादी)का स्थायी समिति सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि इश्वरीप्रसाद दाहाल असारेले स्वागत गर्दै प्रवेश गराउनुभएको थियो ।

पार्टी पिविएम पदम राई, केन्द्रीय सदस्य नविन लगायतका अतिथिहरुले मन्तव्य राखेको सो कार्यक्रमको अध्यक्षता झापा सेक्रेटरी तारा थापा, सञ्चालन लक्ष्मी याख्खा र स्वागत सुमनसिंह पौडेलले गरेका थिए ।

यो प्रवेशलाई पूर्वमा नेकपा (माओवादी)को बढ्दो प्रभावको रुपमा हेरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :