एमसीसीका विरुद्ध सांस्कृतिक प्रतिरोध सभा कार्यक्रम सम्पन्न

एमसीसीका विरुद्ध सांस्कृतिक प्रतिरोध सभा कार्यक्रम सम्पन्न

काठमाडौं: राष्ट्रघाती एमसीसीका विरुद्ध सङ्घर्षरत राजनीतिक दलका विभिन्न संयुक्त सांस्कृतिक माेर्चाहरुले `राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर´ भन्ने मूल नाराका साथ सांस्कृतिक प्रतिरोध सभा कार्यक्रम गरेका छन् ।

अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, अखिल नेपाल जनसांस्कृतिक महासङ्घ, रक्तिम सांस्कृतिक अभियान, अखिल नेपाल सांस्कृतिक युनियन र अखिल नेपाल जनसांस्कृतिक सङ्घले संसदभवन अगाडि नयाँ बानेश्वरमा राष्ट्रघाती एमसीसी कम्प्याक्टका विरुद्ध सशक्त प्रतिरोधमा उत्रन आह्वान गर्दै उक्त कार्यक्रम गरेका हुन् ।
कार्यक्रममा वक्ताहरूले अमेरिकी रणनीतिक परियोजनाविरुद्धको आन्दोलनलाई अझ सशक्त बनाउन सम्पूर्ण प्रगतिशील तथा क्रान्तिकारी संस्कृतिकर्मी एवम् देशभक्त नागरिकसमक्ष जोडदार अपिल पनि गरेका छन् ।
उक्त कार्यक्रममा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रा.डा. जगदीशचन्द्र भण्डारी लगायतले मन्तव्य राखेका थिए ।

प्रदिप देवान, बिहानी विक, राजेश बान्तवा,आराेह नेपाली, लक्ष्मण पाख्रिन लगायतले एमसीसी विरुद्ध देशभक्तिपूर्ण गीत गाएका थिए ।

सामना जनसांस्कृतिक परिवार र रक्तिम सांस्कृतिक अभियानका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नारायण शर्मा विपिन, शाेभा दुलाल, विष्णु भण्डारी, रितु देवकोटा, इन्दिरा अधिकारी, प्रजिना दर्नाल, प्रतीक चन्द लगायत दर्जन बढी साहित्यकारहरुले राष्ट्रघाती एमसीसी विरुद्ध तिखाे प्रहारसहित कविता वाचन गरेका थिए ।

कार्यक्रमकाे सञ्चालन आराेह नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :