सडक मिचेर व्यापार

भीमबहादुर खड्का / चितवन : सानालाई ऐन ठूलालाई चैन भनेझैं चितवनको नारायणगढमा रहेको फूटपाथमा डोका, नाङ्ले पसल वा साइकलमा फलफूल बेचेर आफ्नो जीविकोपार्जन गरिरहेका साना व्यापारीको सामान कब्जा गर्ने, सडकमा फालिदिने, थुनामा कोचिदिने, कुटपिट गर्ने कामले सीमा नाघेको छ तर ठूला व्यापारीहरुले बाहिर ठूला स्टलहरु राखी महिनौं दिनसम्म प्रदर्शन गर्दा पनि प्रहरी प्रशासन भने मौन छ । ट्राफिक नियमअनुसार कुनै पनि व्यवसायीहरुले सडकको बीचबाट २५ मिटर दायाँबायाँ व्यावसायिक कार्य गर्न/गराउन नपाइने चितवन ट्राफिक प्रमुख सन्तोष पन्त बताउनुहुन्छ । एमएडब्लू अर्थ मुभ कम्पनी लिमिटेडले पूर्वपश्चिम राजमार्गमा पर्ने एयरपोर्टअगाडि सडक क्षेत्रमा जेसीबी राखी बर्साैंदेखि बेचबिखन गर्दै आएको स्थानीय बासिन्दाले बताएका छन् । यस विषयमा प्रहरी प्रमुख सन्तोष पन्तले भन्नुभयो, ‘हामीले कम्पनीलाई सडक क्षेत्रबाट हटाउन पटकपटक आग्रह गरेका छौँ । नमानेमा कानुनअनुसार कार्वाही हुन्छ ।’

२०७४ भदौ १५ गते ५ : ५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :