माधव नेपाल कोरिया किन गए ?

काठमाडौंः माधवकुमार नेपालको केही समय अघिको जनवादी गणतन्त्र कोरियाको भ्रमण विवादमा परेको छ । सत्तारुढ दलका नेताहरुले यो बहस उठाएका छन् । संयुक्त राष्ट्र संघले नाकाबन्दी लगाएको देशमा परराष्ट्र मन्त्रालयको अनुमति नलिइकन नेपाल किन उत्तर कोरिया गए त ? इ–रातो खबर स्रोतका अनुसार त्यसमा रोचक प्रसङ्ग छ । उत्तरका राष्ट्र प्रमुख किम जोङ उनका पिता किम जोङ लीले जीवनको उत्तरार्धमा नेपालमा हाम्रो सबैभन्दा निकट व्यक्ति माधवकुमार नेपाल हुन् भनेका थिए । किम जोङ लिले माधवकुमार नेपाललाई ‘छोरो सरह प्रिय नेपाली’ भनेको स्रोत बताउँछ । त्यही पुरानो सूचिकृत सम्वन्धका कारण वर्तमान संकटको घडीमा उत्तर कोरियाले माधव नेपाललाई आमन्त्रण गरेको बताइन्छ । नेपालमा भने माधवकुमार नेपाललाई दिल्ली परस्त नेताका रुपमा हेरिन्छ । भारत र अमेरिकी सन्देश उत्तरसमक्ष सम्प्रेषण गर्न त्यो भ्रमण तय भएको कतिपयको विश्लेषण छ ।

२०७४ साल भदौ १५ गते ४ः०७ बजे

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :