दलित मुक्ति मोर्चाले देशव्यापी संगठन विस्तार गर्ने

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट नेपाल दलित मुक्ति मोर्चाले आगामी मंसिरसम्म देशव्यापी रुपमा भेला तथा प्रशिक्षणहरु सम्पन्न गर्ने भएको छ । हालै सम्पन्न मोर्चाको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । बैठकका बारेमा जानकारी दिंदै संगठनका केन्द्रीय उपाध्यक्ष सिता विक ‘सम्झना’ ले दलितमाथि गरिएका विभेद र उत्पीडनका विरुद्ध संघर्षका कार्यक्रमहरु अगाडि बढाउने जानकारी दिनु भयो । साथै उहाँले आउँदै गरेको संघीय चुनावमा पार्टीको योजना अनुसार देश व्यापी अभियानमा सहभागी हुने बताउनु भयो । सुर्खेतमा सम्पन्न बैठकले संगठन सुद्धिकरण र सुदृढिकरण अभियानमा पनि सञ्चालन गर्ने निर्णय गरेको छ ।

२०७४ भदौ १५ गते १४ : २१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :