सामानाको विधागत प्रशिक्षण सम्पन्न

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत सामाना सांस्कृतिक परिवारको विधागत प्रशिक्षणको समापन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंको लाजिम्पाटमा सम्पन्न भएको ‘सहिद सनराइज स्मृति १ महिने विधागत प्रशिक्षण’ मा सामानाका कलाकारहरुलाई नृत्य, गायन, संगीतबारेमा तालिम तथा प्रशिक्षण दिएको थियो । बिहीबार सम्पन्न प्रशिक्षण समापन कार्यक्रममा नेकपाका पोलिट ब्युरो सदस्य ओमप्रकाश पुनको उपस्थिति रहेको रहेको थियो ।

यस्तै नेकपाका केन्द्रीय सदस्य तथा उपत्यका विशेष इन्चार्ज माइला लामा, केन्द्रीय सदस्यहरु मकर गुरुङ, आजाद केसी र अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष टेकबहादुर बलाम्पाकीको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा प्रशिक्षक लक्ष्मण श्रेष्ठलाई सम्मान तथा विदाई पनि गरिएको छ । सरल माझीको अध्यक्षतामा कार्यक्रमको सञ्चालन आरोह नेपालीले गर्नुभएको थियो ।

२०७४ भदौ १५ गते १३ : ३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :