रसुवागढी–चेरुङ अन्तर्राष्ट्रिय नाका बन्यो

काठमाडौंः केही वर्षदेखि चेरुङ उपत्यका र चेरुङ–रसुवागढी सडक स्तरोन्नती गर्दै आएको चीनले बुधबार सो नाकालाई अन्तर्राष्ट्रिय नाका घोषणा गरेको छ । नेपालले त्यसो गर्न माग गर्दै आएको थियो । खासा नाका बन्द भएपछि तेस्रो मुलुक मूलतः भारतीय व्यापारीहरु मर्कामा पर्दै आएका थिए । अब भारतीय व्यापारीहरुले पनि सो नाकाबाट व्यापार गर्न सक्नेछन् । सोही मार्ग प्रयोग गरेर अन्य देशका पर्यटक पनि सिगात्से, ल्हासा तथा मान सरोबर जान सक्नेछन् । आगामी सन् २०२० सम्ममा सिगात्से आइपुग्ने चिनियाँ रेल सेवा चेरुङ उपत्यका आइपुग्ने भएकोले यसको महत्व बढेको हो र रसुवागढी–चेरुङको दुरी २२ किमी मात्रै रहेको छ । नेपालतर्फको सडक भने दुरावस्थामा रहेको र स्तरोन्नतीको कार्यसमेत हुन सकेको छैन ।

२०७४ भदौ १५ गने १२ः०६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :