संसद् भवन प्रहरीको घेरामा, प्रदर्शनकारीले बिजुलीबजारको घेरा तोडे

संसद् भवन प्रहरीको घेरामा, प्रदर्शनकारीले बिजुलीबजारको घेरा तोडे

काठमाडौँ : राष्ट्रघाती एमसीसी सम्झौता सदनमा टेबुल गरेरै छोड्ने पाँचदलीय गठबन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाको हठका विरुद्ध आज प्रदर्शनकारीले प्रहरीको बिजुलीबजारको घेरा तोडेर नयाँबानेश्वरमा प्रदर्शन गरेका छन् । प्रदर्शनकारी प्रहरी घेरा तोडेर नयाँबानेश्वर चोकनजिक पुगी एमसीसी र सरकारविरुद्ध नारा लगाइरहेको बानेश्वरस्थित हाम्रा संवाददाताले जनाएका छन् ।

सरकारले आज प्रदर्शनकारीलाई रोक्न बिजुलीबजारसम्मै प्रहरीको घेरा बनाएको थियो । संसद् भवनवरिपरि आज प्रहरीको घेरा बढाइएको छ । सरकारले प्रहरीको सङ्ख्या बढाए पनि ६ राजनीतिक दल, दुई मोर्चा र स्वतन्त्र रूपमा एमसीसीको विरोधमा सडकमा उत्रिएका ठूलो सङ्ख्याका देशभक्त नागरिकहरू बानेश्वर पुगिसकेका छन् । काठमाडौँलगायत देशैभरि आज पनि एमसीसीविरुद्ध प्रदर्शन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :