दाङमा बाढीपीडित विद्यार्थीलाई राहत वितरण

जानकी दहित / दाङ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) राप्ती क्षेत्रीय समन्वय समितिले दाङका बाढीपीडित विद्यार्थीलाई शैक्षिक सामाग्री तथा खाजा वितरण गरेको छ । ५०० जना बाढीपिडत विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु कपि, कलम, सिसाकलम, मकै भटमासको खाजा, चिउरा, भुजा चाउचाउलगायतको राहत सामाग्री दाङको अम्वेश्वरी मावि फुलबारीमा आज एक कार्यक्रमका आयोजना गरि वितरण गरिएको हो । साउनको अन्तिम सातामा आएको बाढीले घर सबै बगाउदा पढाइमा प्रभाव परेका विद्यार्थीहरुलाई राप्तीका दाङ, सल्यान, रोल्पालगायतका जिल्लामा संकलित सामाग्रीहरु विद्यालयमै गएर दिइएको थियो ।

कार्यक्रममा नेकपा तुल्सीपुर नगर समति दाङका इन्चार्ज किरण, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य हेमन्त जिसी, पार्टी जिल्ला सदस्यहरु पोषण, प्रतिरोध, संगठन दाङका जिल्ला सदस्य मोहन र विद्यालयको तर्फबाट प्र.अ. नुमानन्द रेग्मी, विद्यालय व्यवसवस्थापन समितिका अध्यक्ष हरिदत्त कार्की, सम्पूर्ण शिक्षक र विद्यालयमा अध्यनरत विद्यार्थीहरुको बीचमा उक्त सामाग्री हस्तान्तरण गरिएको थियो । संगठनका जिल्ला सदस्य अनिल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन जिल्ला सदस्य अमर खड्काले गर्नुभएको थियो ।
२०७४ भदौ १४ गते १० ः १९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :