राष्ट्रघातको विरुद्ध ९ दल सडकमा

काठमाडौं : प्रम शेरबहादुर देउवाले भारत भ्रमणको क्रममा राष्ट्रघात गरेको आरोप अगाउँदै नेकपासहित ९ दल सडकमा उत्रिने भएका छन् । भदौ १४ गते अपरान्ह काठमाडौं बागबजारस्थित अद्धैतमार्गमा बसेको बैठकले सडक संघर्षमा उत्रने निर्णय गरेको हो । नेकपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल)लगायतका ९ दलको बैठकले भदौ १९ गते २ बजे रत्नपार्कस्थित शान्तिवाटीकामा खुल्ला सडक अन्तक्र्रिया गर्ने भएका छन् । नेकपाका स्थायी समिति सदस्य तथा पूर्वी कमाण्ड इन्चार्ज हेमन्तप्रकाश वली ‘सुदर्शन’ले भदौ १९ पछि कडा संघर्षका जाने सहमती भएकोसमेत जानकारी दिनुभएको छ ।

२०७४ भदौ १४ गते ४ : ४८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :