क्यान्सर अस्पतालमा मजदुर भेला

भीमबहादुर खड्का / चितवन : चितवनको भरतपुर–७, कृष्णपुरमा अवस्थित भरतपुर क्यान्सर अस्पतालमा कार्यरत मजदुरहरुको भेला सम्पन्न भएको छ । अ.ने.क्रा.ट्रेड युनियन महासंघका अध्यक्ष पुरन राईले अध्यक्षता गर्नुभएको भेलाको प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका ब्युरो सदस्य ध्रुव हुनुहुन्थ्यो । कार्यक्रममा ध्रुवले संविधानले मजदुरहरुको अधिकार कटौती गरी थप गरिबीको चपेटामा बाँच्न विवश बनाएको बताउनुभयो । यसबाट मुक्त हुन मजदुरहरु एकताबद्ध भई संघर्षमा जानुको विकल्प नरहेको उहाँको भनाइ थियो । कार्यक्रममा एरिया इन्चार्ज दीप, स्पार्टाकस, प्रवीण, किरण, मनहर, दीपकलगायत मजदुर नेताको उपस्थिति थियो ।

२०७४ भदौ १४ गते ४ : १८ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :