भ्रष्ट र माफियाहरु अब शिक्षकको निशानामा

अम्बिका चन्द / काठमाडौं : शैक्षिक क्षेत्रका भ्रष्ट र माफियाहरु अब अखिल नेपाल शिक्षक संगठनकोे निशाना पर्ने भएका छन् । संगठनले शिक्षा क्षेत्र जस्तो निकै जिम्मेवार निकायमा बसेर पनि भ्रष्टाचार र शैक्षिक व्यापार गर्ने माफिया र भ्रष्टाचारी प्रशासकहरुलाई सार्वजनिक रुपले भण्डाफोर गर्ने भएको छ । शिक्षा क्षेत्रमा भएका विकृति विरुद्ध र शिक्षकहरुका हक अधिकारको निम्ति संघर्ष गर्दै आइरहेको नेकपा निकटको उक्त शिक्षक संगठनको मंगलबार बुटवलमा सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकका बारेमा जानकारी दिदै संगठनका केन्द्रीय अध्यक्ष लालबहादुर बि.सी.ले पेशागत र शैक्षिक मागहरु लिएर आन्दोलन गर्ने बताउनु भयो । साथै उहाँले शिक्षा र शिक्षक सम्वन्धी विभिन्न माग राखेर शिक्षामन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागेको पनि बताउनु भयो । बिसीका अनुसार आउँदो असोज २२ र २३ गते धनगढीमा अखिल नेपाल शिक्षक संगठनको छैटौं राष्ट्रिय सम्मेलन हुनेभएको छ ।

 

२०७४ भदौ १४ गते १ : ४५ मा प्रकाशित

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :