उपत्यकामा एमसीसी विरुद्धकाे प्रदर्शनमा घाइते र गिरफ्तार हुनेहरूको नामविवरण

उपत्यकामा एमसीसी विरुद्धकाे प्रदर्शनमा घाइते र गिरफ्तार हुनेहरूको नामविवरण

राष्ट्रघाती एमसीसी विरुद्ध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास अन्धाधुन्ध प्रहार गर्दा दर्जनौं घाइते भएका छन् ।

काठमाडौं संसदभवन अगाडि नयाँ बानेश्वरस्थित राष्ट्रघाती एमसीसी विरुद्धको प्रदर्शनमा घाइते हुनेहरूमा
अहिलेसम्म नाम खुलेका अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य लोकेश जोशी, भुपाल विक, सृजना शाही, सुदिप शाही, मीन बहादुर शाही, निगम भण्डारी, चिरायु भेटुवाल, मनोज बुढा, दिनेश नेपाली, निराजन धामी रहेका छन् ।
त्यसैगरी राष्ट्रघाती एमसीसी विरुद्ध नेपाल बन्दका क्रममा काठमाडौं उपत्यकाबाट दर्जनौं जना विद्यार्थीहरु गिरफ्तार भएका छन् । गिरफ्तार हुनेहरुमा अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्यहरु ३ जना प्रेम सिजापती, साया सापकोटा, निराजन किराती, अखिल (क्रान्तिकारी) संगठनकै विद्यार्थीहरू हस्त कुमार विक, अखिल (क्रान्तिकारी) केै भक्तपुर अध्यक्ष अशोक महतरा, अखिल (क्रान्तिकारी) का ललितपुर जिल्ला सचिव जनक शाही, भरत चन्द, गोरख धामी, अर्जुन सुनार, नविन विष्ट, निकास बस्नेत, छत्र विक, राजेश रावल, विवेक मयाल, पुर्ण चन्द्र खड्का, निराजन रावत, मौसम माझी, सुवास महत, दिपक विक, गौरख धामी, प्रगाढ भुसाल, कृष रावल, सविन सापकोटा, जगदीश गिरी, अशोक आचार्यलाई प्रहरीले गिरफ्तार गरेको अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालयले जनाएको छ ।
यसैबीच बन्दका क्रममा ललितपुरबाट महेश बज्राचार्य, विवेक श्रेष्ठ, जम्बु शेर्पा र प्रेम महर्जन गिरफ्तार भएका छन् ।            त्यसैगरी प्रहरीकाे लाठीचार्ज, पानीको फोहोरा र अश्रुग्यास प्रहारबाट एमसीसी विरुद्धकाे प्रदर्शनमा विभिन्न दलका सयौं नेताकार्यकर्ता घाइते तथा गिरफ्तार भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :