युवा संगठन नेपाल बागमती प्रदेशको बैठक सम्पन्न

युवा संगठन नेपाल बागमती प्रदेशको बैठक सम्पन्न

युवा संगठन नेपाल बागमती प्रदेशको प्रथम बैठक सम्पन्न भएको छ । संगठनका बागमती प्रदेश इन्चार्ज प्रविन धामीको अध्यक्षतामा भएको बैठकमा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष पाटन जंगली, महासचिव बिदुशीको आतिथ्यता रहेको थियोे । साथै बैठकमा युवा संगठनका केन्द्रीय सचिवालय सदस्य द्वय बिचारमान थिङ र रवि गोलेको पनि उपस्थिति रहेको थियो । बैठकले सामाजिक विकृति विसंगतिका विरुद्ध विविध प्रकारका कार्यक्रमहरु तथा संघर्ष संचालन गर्ने, राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सशक्त संघर्ष गर्ने र वैज्ञानिक सामाजवादी राज्य व्यवस्था प्राप्तिका लागि अन्तरक्रिया, गोष्ठी, छलफल र बहस आदि कार्यक्रमहरुलाई चरणबद्ध रुपमा अघि बढाउने लगायतका विभिन्न निर्णयहरु गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :