पुर्वी रुकुमको महतमा जनयुद्ध दिवस

पुर्वी रुकुमको महतमा जनयुद्ध दिवस

रुकुम : जनयुद्ध दिवसको अवसरमा नेपाल कम्युनिस्ट पार्टी पूर्वी रुकुमले महतमा एक कार्यक्रम गरेको छ ।

जनयुद्धलाई उत्सवको रुपमा मनाउन नेकपा रुकुमले आयोजना गरेको कार्यक्रममा नेकपाका नमुना जिल्ला इन्चार्ज विप्लव प्रमुख अतिथि थिए भने विशेष अथितिमा जुद्ध मगर थिए । यस्तै कार्यक्रममा अन्य अतिथिहरूमा नेकपा माओवादी केन्द्र, नेकपा एमाले र काङ्ग्रेसका प्रतिनिधिहरू पनि थिए ।

शुभकामना आदानप्रदान कार्यक्रमको सञ्चालन जिल्ला सदस्य सम्पुर्णले गरेका थिए भने सभापतित्व बालकुमारले गरेका थिए ।

पुर्वी रुकुम पार्टीको नेतृत्वमा भएको कार्यक्रममा स्थानीयहरूले जुलुस निकालिएको थियो भने अविरवरण गरि यो दिवस उत्वसमय बनाइएको नेकपा पुर्वी रुकुमका सेक्रेटरी सागर पुनले जानकारी दिएका छन् ।

२०५२ साल फागुन १ आजकै दिन तत्कालिन नेकपा माओवादीले सशस्त्र युद्ध शुरु गरेको दिनको सम्झनामा आज नेकपाले देशैभरि शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :