२७ औं जनयुद्ध दिवसको पूर्वसध्यामा अखिल (क्रान्तिकारी) दाङद्वारा घोराहीमा दिप प्रज्ज्वलन

२७ औं जनयुद्ध दिवसको पूर्वसध्यामा अखिल (क्रान्तिकारी) दाङद्वारा घोराहीमा दिप प्रज्ज्वलन

घोराही: विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) दाङले २७ औं जनयुद्ध दिवसको पूर्वसध्यामा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

संगठनले आज शनिबार घोराहीको तुलसीपुर चोकमा  सो कार्यक्रम सम्पन्न गरेको हो ।

दिप प्रज्वलन कार्यक्रममा बोल्दै अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य एवम् लुम्बिनी प्रदेशको इञ्चार्ज दिपक विष्टले संगठनको केन्द्रीय कार्यक्रम अनुरुप जनयुद्ध शुरु भएको २६ वर्ष पूरा भएर २७ औं वर्षमा प्रवेश गरेको पूर्वसन्धमा दिप प्रज्ज्वलन कार्यक्रम गरेको बताए ।

नेता बिष्टले सम्मान, सम्झना र प्रतिबद्धताको ऐतिहासिक दिनको अवसरमा आम क्रान्तिकारी विद्यार्थी, नेता-कार्यकर्ता, एवम् आम जनसमुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका थिए । उनले २७ औँ महान जनयुद्धको अवसरमा जनयुद्धका अधुरा कार्यभारहरु पूरा गर्न र नेपाली जनताको सदियौँदेखिको आकांक्षा वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

उनले १० वर्षे जनयुद्ध एक तहसम्म सफल भएतापनि सहिद, वेपत्ता तथा घाइते योद्धा र आम युवाहरुको सपना साकार नभएको हुँदा फेरि अर्काे आन्दोलनको आवश्यकता भएको प्रष्ट पारेका हुन् ।

कार्यक्रमणको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज अमर खड्काले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :