जिम्मेवारीबाट पहिले निष्कासन गरिएको व्यक्तिको विषयमा भ्रमित नहुन नेकपा सिन्धुलीको आग्रह

जिम्मेवारीबाट पहिले निष्कासन गरिएको व्यक्तिको विषयमा भ्रमित नहुन नेकपा सिन्धुलीको आग्रह

नेपाल कम्युनिस्ट पार्टी सिन्धुलीले पहिले नै जिम्मेवारीबाट निष्कासन गरिएको व्यक्तिको विषयमा भ्रमित नहुन सम्पूर्ण नेताकार्यकर्ता, शुभचिन्तक, समर्थकहरुलाई आग्रह गरेको छ ।
नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी गोपाल ब्लोन र विशेष कमिटी सदस्य शशी राईले एक विज्ञप्ति जारी गरी अखिल (क्रान्तिकारी) सिन्धुली जिल्ला संयोजक होम बस्याल आर्थिक अनियमित, सांस्कृतिक विचलन र तस्करी जस्ता अवैधानिक धन्दामा संलग्न रहेको भन्दै पार्टीको १३ औँ पूर्ण बैठकले उनलाई संयोजकबाट निष्कासन गरेको जानकारी गराएका छन् । हाल उनी नेकपा (क्रान्तिकारी माओवादी) मा प्रवेश गरेको हुँदा पार्टीका नेताकार्यकर्ता, शुभचिन्तक, समर्थकहरुलाई कारबाही गरेको व्यक्तिको विषयमा भ्रमित नहुन विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :