तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति नेकपा दाङद्वारा दुख व्यक्त

तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति नेकपा दाङद्वारा दुख व्यक्त

तुलसीपुर: नेपाल कम्युनिस्ट पार्टी दाङले तुलसीपुरमा भीषण आगलागीबाट भएको मानवीय र भौतिक क्षतिप्रति दुख व्यक्त गरेको छ ।
नेकपा दाङका सेक्रेटरी प्रदिपले आज शोक वक्तव्य जारी गर्दै आगलागी घटनाप्रति दुख व्यक्त गरेका हुन् ।
सेक्रेटरी प्रदिपद्वारा हस्ताक्षरित विज्ञप्तिमा गएराती करिव २ बजेदेखि बिहानसम्म आगलागी हुँदा भएको मानवीय क्षतिप्रति पार्टी दुखित एवम गम्भीर ध्यानाकर्षण भएको बताइएको छ । साथै आगलागीबाट मृत्युवरण गर्नुभएका मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरिएको छ ।

शोक वक्तव्यमा भनिएको छ,” आगलागी राती देखि सुरु भएर अर्को दिन बिहानसम्म पनि नियन्त्रणमा ल्याउन नसक्नु, दमकल लगाएत आगलागी नियन्त्रणका स्रोत साधनहरुको उपलब्धता नहुनु र मानवीय र भौतिक क्षतीसम्म व्यहोर्नुपर्ने उक्त घटना  यो दलाल राज्यव्यवस्थाको उपज भएको स्पष्ट पार्न चाहन्छौ । साथै राज्य निकायबाट पीडितलाई उचित राहात र क्षतिपूर्ति दिन माग पनि गर्दछौं ।”

शोक वक्तव्यको पूर्णपाठ:-   

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :