नेकपासहित ६ राजनीतिक पार्टी र २ मोर्चाद्वारा एमसीसी विरुद्ध देशभर विरोध प्रदर्शन सम्पन्न

नेकपासहित ६ राजनीतिक पार्टी र २ मोर्चाद्वारा एमसीसी विरुद्ध देशभर विरोध प्रदर्शन सम्पन्न

नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक पार्टी र २ मोर्चाले आज देशैभरी एमसीसी विरुद्ध विरोध प्रदर्शन गरेका छन् ।

शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गर्न गरेको प्रयत्न नेपालको राष्ट्रिय स्वाधीनता माथिको निर्मम प्रहार र दुस्साहस भएको ठहर गर्दै एमसीसी विरुद्ध उक्त पार्टी र माेर्चाको आयाेजनामा काठमाडौं लगायत देशभर विरोध प्रदर्शन गरिएको छ ।
काठमाडौं माइतीघरबाट जुलुससहित सुरु भएको विरोध प्रदर्शन संसदभवन अगाडि बानेश्वरमा विरोध सभामा परिणत भएको थियोे । विरोध सभामा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन मिलन, राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्र बहादुर केसी,
देशभक्त गणतान्त्रिक माेर्चाका सचिव परी थापा, नेकपा (मसाल) का नेता समीर सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेकपा (क्रान्तिकारी माअाेवादी) का पाेलिट ब्युरो सदस्य दिनेश शर्मा, नेकपा माअाेवादी केन्द्र समाजवादीका अध्यक्ष कर्ण बुढाथोकी लगायतले सम्बाेधन गर्दै सत्ताधारी दलहरूलाई राष्ट्रघाती एमसीसी
सम्झौता अनुमाेदन नगर्न आग्रह गरेका थिए ।          एमसीसी विरुद्धको आन्दोलन नेपालको स्वाधीनताकाे भएको बताउदै कुनै पनि हालतमा एमसीसी लागू गर्न नदिने उद्घाेष गरेका थिए । विरोध सभामा बाेल्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चिरण पुन मिलन यो आवाज सम्पूर्ण जनताको आवाज भएकाले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न माग गरे । नेपाली जनताको स्वाधीनताकाे आन्दोलन भएकोले अमेरिकाकाे पैसा, पावर, हतियारसँग नडराउने स्पष्ट पारे ।
यसैगरी कपिलवस्तुको चन्द्रौटामा पाँच राजनीतिक पार्टी; नेपाल कम्युनिस्ट पार्टी,  नेकपा(क्रान्तिकारी माअाेवादी),  नेकपा (माले), नेकपा(मसाल),  राजमो द्वारा राष्ट्रघाती mcc सम्झौता विरुद्ध विरोध प्रदर्शन आयोजना गरिएको छ । सशस्त्र चेक पोष्ट्बाट सुरु भएको विरोध र्याली चन्द्रौटा चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । एमसीसी र अमेरिका विरुद्ध नारा जुलुससहित र्‍याली कोणसभा परिणत थियो । कार्यक्रमको संचालन नेकपा कपिलवस्तुका सचिव कमल केसीले गरेका थिए । 

यस्तै एमसीसी राष्ट्रघाती सम्झौता भएको भन्दै त्यसका विरुद्ध बुटवलमा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई सम्बोधन गर्दैै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज कृतिले एमसीसी सम्झौता नेपालको हितविपरित भएको भन्दै यसलाई सिधै खारेज गर्नुपर्ने बताए । उनले एमसीसीमार्फत् नेपाली जनतामाथि अमेरिकी बन्दुक लादिन खोजेको भन्दै आवश्यक परे यसका विरुद्ध बलिदान दिन तयार हुनुपर्ने बताए ।
उनले कांग्रेस, एमाले, माकेभित्रका दलाल र बाबुरामजस्ता दलालहरुलाई एमसीसी चाहिएको भए देश छोडी अमेरिका गएर बस्न चेतावनी दिदै पाँचतारे होटलमा बसेर एमसीसी पास गर्ने षड्यन्त्र गरिएको त्यो उनीहरुका लागी महंगो हुने बताए । उनले देशको सीमा अतिक्रमण र महंगीको समस्या संसदीय पुँजीवादी राज्यसत्ताको समस्या भएको भन्दै यो व्यवस्था रहँदासम्म कहिल्यै समाधान नहुने बताए । उनले वैज्ञानिक समाजवादी व्यवस्थामा मात्र राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान हुने बताए ।
कोणसभामा नेकपा (क्रान्तिकारी माओवादी) का लुम्बिनी प्रदेश इन्चार्ज प्रेम सुवेदीले एमसीसी सम्झौतालाई समर्थन गर्नेहरु देशभक्त नेपाली नभएको भन्दै यो सम्झौताका विरुद्ध सम्पूर्ण देशभक्त नेपालीहरु एक हुनुपर्ने बताए । राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य बद्रे आलमले एमसीसी सम्झौता देशको सार्वभौमसत्ता विरुद्ध भएको भन्दै यसको खारेजीका लागी संघर्षको विकल्प नभएको बताए । नेकपा मालेका स्थायी समिति सदस्य गोपालमणि ज्ञवालीले नेपाली जनतालाई गठबन्धनसित कुनै सरोकार नभएको भन्दै एमसीसी खारेज गरेर देश जोगाउनुपर्ने बताए । कार्यक्रममा जनकलाकार सौगात सायरले एमसीसी खारेजी सम्बन्धी गीत गाए । एमसीसीविरुद्ध ८ दलीय मोर्चाले देशव्यापी केन्द्रीय कार्यक्रम अन्तर्गत बुटवलमा कोणसभा गरेको हो ।

यसैबिच नेपाल कम्युनिस्ट पार्टी सिन्धुपाल्चोकले राष्ट्रघाती mcc सम्झाैता र पेट्रोलियम पदार्थ मुल्यवृद्विकाे विराेधमा मेलम्ची बजार र भाेटेकाेशी गाउँपालिका अन्तरगत तातोपानीमा विराेध प्रदर्शन कार्यक्रम सम्पन्न गरेकाे छ । मेलम्चीकाे कार्यक्रमलाई सम्बाेधन गर्दै जिल्ला सचिव युगिनले mcc देशकाे हितमा नभएकाे, राष्ट्रियतामा आँच आउने, सार्वभौम र राष्ट्रिय स्वाधीनतामाथि खतरा बढ्ने भएकाेले सबै देशभक्त नेपाली एक जुट भएर विराेधसहित राष्ट्रघाती सम्झौता खारेज गर्नुपर्ने बताए । नेपाली जनतालाई मारमा पार्ने गरि गरेकाे पेट्रोलियम पदार्थ भएकाे मुल्य वृद्धि पनि फिर्ता गर्नु पर्ने बताए । कार्यक्रममा जिल्ला विशेष कमिटी सदस्य किरण घिमिरेले पनि सम्वाेधन गरेका थिए ।कार्यक्रममा जनपत्रकार संयाेजक रेनु बस्नेत र युवा रिदम तामाङले राष्ट्रिय स्वाधीनताकाे रक्षा र mcc खारेज सम्बन्धी कविता वाचन गरेका थिए । कार्यक्रममा राष्ट्रघाती mcc सम्झाैता खारेज गर ! , Go back mcc , राष्ट्रिय स्वाधीनताकाे रक्षा गराै !, पेट्रोलियम पदार्थमा भएकाे मुल्यवृद्धि फिर्ता गर ! जस्ता नारा लगाई र प्ले कार्डसहित बजार परिक्रम गरि काेणसभा भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन युवा संगठन नेपालका केन्द्रीय सदस्य सुमन श्रेष्ठले गरेका थिए ।
MCC सम्झौता विरुद्ध नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा तातोपानी भंसार कार्यालय अगाडि जनप्रदर्शनसहित सभा सम्पन्न भएको छ । कार्यक्रमलाई नेकपा सिन्धुपाल्चोकका विशेष कमिटी सदस्य मुकुन्दले सम्बोधन गरेका थिए ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी लमजुङले पनि राष्ट्रघाती सम्झौता mcc का विरुद्ध प्रदर्शन गरेको छ । 

नेकपा लमजुङले जिल्लाको बेसीशहरको शेरा चोकमा mcc  विरुद्ध नाराबाजीसहित कोणसभा गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै पार्टीका केन्द्रिय सदस्य तथा लमजुङ जिल्ला इन्चार्ज कृष्ण वाग्ले ‘रुपेश’ले mcc नेपाली जनताको हितमा नरहेको र यो कुनै पनि हालतमा पास गर्न नहुने बताए ।

यसैगरी दाङको घोराहीमा MCC विरुद्ध संयुक्त विरोध प्रदर्शन भएको छ । विरोध सभालाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज शितलले दक्षिण एसियामा बढ्दो कम्युनिस्ट प्रभावका विरुद्ध एमसीसी परियोजना रहेको बताए । एमसीसी परियोजनामार्फत अमेरिकी साम्राज्यवादले दक्षिण एसियामा कम्युनिस्ट प्रभावलाई निस्तेज पार्ने, नेपाली भुगोल प्रयोग गरि विश्वको महाशक्ती राष्ट्रको रुपमा उदाउदै गरेको चिनलाई घेर्ने र नेपालमा रहेका बहुमुल्य खनिज पदार्थहरुको कब्जा गर्ने मुलभुत रणनीतिका साथ जबर्जस्त एमसीसी लाद्न खोजेको उनलेे बताए ।

नेता शितलले नेपालको राष्ट्रियता,स्वाधीनतामाथीको कुनै पनि हस्तक्षेप नेपाली जनतालाई स्विकार्य नहुने बताए ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी मसाल दाङका प्रवक्ता भरत भण्डारीले हिजोका क्रान्तिका नायक प्रचण्ड साम्राज्यवादको बफादार नोकर बनेकोप्रति आश्चर्य व्यक्त गरे ।

नेता भण्डारीले एमसीसी जबर्जस्त पास गर्न खोजे सबै नेपालीहरु अब एकपटक मुक्ति युद्ध लड्न समेत तयार रहनुपर्ने धारणा व्यक्त गरे ।

कार्यक्रमलाइ सम्बोधन गर्दै अर्का वक्ता नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य हिरामणी दुखी (चिन्तन) ले एमसीसी परियोजनामा समावेश राष्ट्रघाती बुदाहरुको बारेमा प्रष्ट पार्दै कुनै पनि हालतमा एमसिसी पास हुन नदिने चेतावनी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा मालेका जिल्ला सचिव नेत्र पाण्डेले एमसिसी सम्झौता तत्काल खारेजीको माग गरे । उनले देश बेच्न आतुर दलालहरु बेलैमा नसच्चिए नेपाली जनताको शक्तिशाली आन्दोलनले पाखा लगाउने चेतावनी समेत दिए ।

त्यस्तै अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) विरुद्ध बागमती प्रदेशको राजधानी हेटौँडामा र्याली सहितको विरोध प्रदर्शन भएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माले) मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुर सहित अन्य संघसंस्था तथा मोर्चाहरुको संयुक्त आयोजनामा र्याली सहित विरोध प्रदर्शन गरिएको हो । 

बुधबार भएको र्यालीमा विभिन्न पार्टीका नेताकार्यकर्ताका साथै आम सर्वसाधारण जनताको प्रत्यक्ष सहभागिता रहेको थियो ।

र्याली पश्चात बुद्ध चोकमा भएको कोणसभा कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयनले एमसिसी सम्झौता नेपाली जनता र राष्ट्रको अहितमा रहेको कुरा स्पष्ट पारेका छन् । त्यस्तै उनले स्वाधीन देशको स्वतन्त्र नागरिक भई बाँच्नका लागि जन्जिररूपी एमसिसी सम्झौता र पारित गर्न खोज्ने दलालहरुको विरुद्ध सडक संघर्षमा आउन आम नेपाली जनतालाई आग्रह गरेका छन् । साथै आम नेपाली जनताले नचाहँदा नचाहँदै जबर्जस्ती एमसिसी सम्झौता पारित गरिन्छ भने जनताले त्यसको सशक्त प्रतिरोध गरेरै छाड्ने उद्घोष पनि उनले गरेका छन् । 

कार्यक्रममा उन्मुक्त पुस्ता मकवानपुरका लेखक पुरुषोत्तम आचार्य, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका सचिव एदु कुमार, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर इन्चार्ज सागर उप्रेती लगायतले मन्तव्य राखेका थिए ।
यस्तै राष्ट्रघाती एमसिसि सम्झौताकाे विरुद्ध आज प्यूठानमा संयुक्त विराेध सभा सम्पन्न भएको छ ।  संयुक्त संघर्ष समिति प्यूठानद्वारा आज सदरमुकाम खलंगामा विराेध सभा सम्पन्न भएको हाे । 

 संयुक्त विराेध कार्यक्रममा बाेल्ने वक्ताहरुले राष्ट्रघाती सम्झौता एमसिसि संसदबाट अनुमाेदन गरे नेपाली जनता र सिंगाे देशकाे लागि अहिलेसम्मकाे हदैसम्मकाे राष्ट्रघात हुने बताएका छन् । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज दल बहादुर के. सी. जागृतीले साम्राज्यवादी दलालहरुले राष्ट्रघाती सम्झौता संसदबाट पास गराउन कम्मर कसेर लागेकाे बताएका छन् । उनले भने -” यदी राष्ट्रघाती एमसिसि सम्झौता पत्रमा हस्ताक्षर गरि पास गरेमा सबैलाई छानीछानी तह लगाउने छाैं । ” त्यसैगरी ने क पा (क्रान्तिकारी माआेवादी) का पाेलिट व्यूराे सदस्य धनेश्वर पाेख्रेलले यतिबेला देश बचाउने बेला अाएकाेले सबै नेपाली नागरिकहरु राष्ट्रिय स्वाधीनताकाे लडाइँमा जुट्नुपर्ने बताएका छन् । अब राष्ट्रियताकाे सवाल पार्टीगत नभएकोले हरेक नेपाली नागरिक दलगत मानसिकताबाट माथि उठ्नुपर्ने नेता पाेख्रेलले बताए । त्यस्तै कार्यक्रममा राष्ट्रिय जनमाेर्चा प्यूठानका अध्यक्ष कृष्णबहादुर खड्का र नेकपा माले प्युठानका सचिव तिलबिक्रम के.सी. ले पनि वर्तमान सरकार राष्ट्रिय हित विपरित एमसिसि पास गर्न लागि परेकाले अब राष्ट्रिय मुक्तियुद्धको घाेषणा गरि राष्ट्रघातीहरुलाई देश निकाला गर्नुपर्ने समय आएकाे बताए । 

  देशमा दिनानुदिन दलाल नेताहरुद्वारा नाङ्गाे राष्ट्रघात , भ्रष्टाचार , कालाे बजारी दैनिक उपभाेग्य वस्तुमाथिकाे चर्काे मुल्यवृद्दि र पेट्रोलियम पदार्थमा अनियन्त्रित मुल्यवृद्दी गर्दै सर्वसाधारण नागरिकको ढाड सेक्ने काम गरिरहेकाेले राष्ट्रिय स्वाधीनता र सबै खाले अनियमितताकाे विरुद्धमा जनता जाग्नुुु पर्ने बेला आएकाे छ । 

यस्तै राष्ट्रघाती सम्झौता MCC  विरुध्द  सिन्धुलीमा पनि नेपाल कम्युनिस्ट पार्टी र  नेकपा (क्रान्तिकारी माओवादी) को  संयुक्त आयोजनामा  विरोध प्रदर्शन सम्पन्न भएको छ ।

उक्त विरोध सभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी गोपाल ब्लोनले नेपाली स्वाभीमानीमाथि आँच आउने, जुनसुकै सम्झौता भएपनि सम्पूर्ण देशभक्त र यूवाहरुलाई खारेजीको माग गर्न अपिल गरे ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र राष्ट्रिय जनमोर्चा नेपालको आयोजनमा दिपायल पिपल्ला बजार डोटीमा MCC को विरुद्धमा विरोध प्रदर्शन सम्पन्न भएको छ । पिपल्ला बजारको रिभर साइड होटलको प्राङ्गणबाट नाराजुलुस सहित शुरु भएको विरोध प्रदर्शन ट्राफिक चोकमा गएर कोणसभामा परिणत भएको थियो । कोणसभामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिवालय सदस्य कृष्ण बहादुर बोहराले नेपालको दलाल सरकारले आफ्नो निजि स्वार्थको लागि राज्य बेच्न तयार भएको हुदा त्यसको सशक्त प्रतिरोध गर्ने बताए ।
यसैबीच नवलपुरका राजनीतिक दलहरुले एमसीसीको बिरोध गर्दै कावासोतीमामा विरोध प्रदर्शन गरेका छन् । बुधबार दिउँसो कावासोतीको भेला भएर विभिन्न राजनीतिक दलले संयुक्त रुपमा एमसीसीको विरोध गरेका हुन् । 

विरोध कार्यक्रमलाई उपस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले सम्बोधन गर्दै mcc सम्झौता खारेजीका लागि पार्टीगत स्वार्थ भन्दा माथि उठेर अघि बढ्न सम्पूर्ण देशभक्त, परिवर्तनकारी शक्तिहरु एकजुट हुन आह्वान गरेका थिए।
अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्झौता पास गरे जनकारबाही गर्ने चेतावनी दिएका छन् ।

यस्तै नवलपरासीको भुमहीमा विप्लव नेतृत्वको नेकपा सहित ६ राजनीतिक दलको संयुक्त आयोजनामा एमसिसी सम्झौता विरुद्ध कार्यक्रम गरेका छन् । कार्यक्रममा सुनवल-१२ सहकारी चोकदेखि र्‍याली सुरु भइ भुमही चोक पुगेर कोण सभामा परिणत भएको थियो ।

विरोध  कार्यक्रममा बोल्दै नेकपा विशेष जिल्ला सदस्य सुमन ज्ञवालीले एमसिसी सम्झौता नेपाली जनता र राष्ट्रको अहितमा रहेको कुरा स्पष्ट पारेका छन् ।

यस्तै नेपाल कम्युनिस्ट पार्टी दोलखाले सिङ्गटी बजारमा राष्ट्रघाती MCC र पेट्रोलियम पदार्थको चर्को मुल्यवृद्धि विरुद्धमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । उक्त विरोध प्रदर्शन कार्यक्रमको र्‍याली सिंगटी बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । सिंगटी बजारको कार्यक्रममा प्रमुख वक्ता एवम् दोलखा जिल्ला सेक्रेटरी आकाश शर्माले रास्ट्रघाती MCC खारेज नगरिए नेपाली जनताले बिद्रोह गर्ने र  त्यसको नेतृत्व नेपाल कम्युनिस्ट पार्टीले गर्ने बताए । उनले MCC का राष्ट्रघाती बुंदाहरुको व्याख्या गर्दै MCC पास भए दलालहरुलाइ सहर, गाउँ सबैतिर प्रवेश निषेध गर्ने समेत बताए । आफ्नो भनाईको क्रममा उनले पेट्रोलियम पदार्थको मुल्य वृद्धि सरकारले तुरुन्तै नघटाए सबै पेट्रोल पम्प तालाबन्दी गर्ने बताए । उनले संसदीय व्यवस्थाको चुनाव होइन, जनमतसंग्रहको चुनावमा जानको लागि अपिल समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :