राष्ट्रघाती एमसीसी पक्षधरहरूप्रति नेकपाको कडा चेतावनी

एमसीसी पूर्ण रूपमा खारेज नभएसम्म आन्दोलन अघि बढाऊँ : कञ्चन

राष्ट्रघाती एमसीसी पक्षधरहरूप्रति नेकपाको कडा चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका इन्चार्ज धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एमसीसी सम्पूर्ण रूपले राष्ट्रघाती परियोजना भएकाले यसको पूर्ण खारेजीका लागि आन्दोलित भइरहन आह्वान गरेका छन् । नेकपाका केन्द्रीय सचिवालय सदस्य कञ्चनले प्रेस वक्तव्य जारी गर्दै राष्ट्रघाती एमसीसी परियोजना पक्षधरलाई संसद्‌बाट यो पारित नगर्न चेतावनी पनि दिएका छन् ।

नेता कञ्चनले सोमबार जारी गरेको वक्तव्यमा भनिएको छ, ‘मिलेनियम च्यालेन्ज कर्पोरेसनलाई गोप्य रूपमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लेखेको समर्पण–पत्र बाहिरिएपछि उनीहरूले विदेशीसामु गरेको दलाली, राष्ट्रियताविरुद्ध अदूरदर्शिता र कूटनीतिका नाममा बच्कनापन पर्दाफास भएको छ । एमसीसी नेपालका लागि राष्ट्रघाती सम्झौता थियो र हो भत्रे यथार्थ सम्झौतामा उल्लेख भएका धेरैधेरै बुँदाहरूले प्रस्ट गर्छन् । सम्झौतामा उल्लेख भएका प्रावधानहरू, त्यसपछि एमसीएले मन्त्रालयहरूलाई गरेका निर्देशन र अमेरिकी अधिकारीहरूले उनीहरूमाथि दिएका अतिरिक्त दबाबको व्यवहारबाट स्वयम् सरकारसीनहरू यो राष्ट्रघाती हो भत्रेमा असहमत छैनन् । यो अवस्थामा उक्त सम्झौता सम्पूर्ण रूपले खारेज गर्नुको सट्टा उल्टै नेपाली जनतालाई विदेशीको हितमा ललाइफकाइ (convince) गर्न, सहमतिको वातावरण मिलाउन समयको माग गर्नु लज्जास्पद कुरा हो । यसप्रकारका हर्कतहरूले उनीहरूको नेतृत्वमा राष्ट्रको भविष्य अनिश्चित र अन्धकारको बाटोमा हिँडिरहेको छ भत्रे तथ्य पुनर्पुष्टि भएको छ ।’

नेता कञ्चनले वक्तव्यमा भनेका छन्, ‘अहिले पनि सरकारमा भएका पार्टीहरूले कथित कूटनीतिका नाममा स्पष्ट दृष्टिकोण पेस गर्न सकेका छैनन् । एमसीसी सम्झौतामा सुधार गरिएमा लागू गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन् जब कि नेपालसँग गरिएको सम्झौतामा केही बुँदामा तलमाथि गरिए पनि आईपीएस संलग्नता कुनै पनि हालतमा परिवर्तन हुनेछैन जुन कुरा नेपालको अहिलेसम्मको परराष्ट्र नीतिका विरुद्ध खडा हुन्छ । त्यसमाथि अमेरिकी अधिकारीहरूले बारम्बार उक्त सम्झौतामा कुनै फेरबदल हुन नसक्ने बताइरहेको अवस्थामा वक्तव्यबाजी गर्दै फेरबदलका लागि एमसीसीले प्रतिबद्धता जनाएको भत्रे अभिव्यक्ति दिनु नेपाली जनतालाई गुमराह गर्नु र कुनै पनि बेला जनताको आँखा छलेर संसद्‌बाट पास गराउने षड्यन्त्र हुन सक्छ ।’

वक्तव्यमा नेकपा सचिवालय सदस्य कञ्चनले भनेका छन्, ‘यसप्रकारको जनविरोधी, राष्ट्रका विरुद्ध ढाँटछल गर्ने र आत्मसमर्पणवादी प्रवृत्तिको हाम्रो पार्टी तीव्र विरोध गर्दछ । उक्त राष्ट्रघाती सम्झौताका विरुद्ध देशका राजनीतिक पार्टीहरू, राजनीतिक व्यक्तित्वहरू, जनवादी शक्तिहरू, बुद्धिजीवी, किसान, मजदुर, विद्यार्थीलगायत विभित्र समुदायबाट भएको सङ्घर्षप्रति पूर्ण ऐक्यबद्धता जाहेर गर्दै यसको पूर्ण खारेजीसम्म आन्दोलन विकास गर्न हार्दिक अपिल गर्दछ ।’ प्रेस वक्तव्यको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :