नेकपा कालिकोटद्वारा साहासीका आमाको निधनप्रति दुःख व्यक्त

नेकपा कालिकोटद्वारा साहासीका आमाको निधनप्रति दुःख व्यक्त

नेपाल कम्युनिष्ट पार्टी कालिकोटले पार्टीका पूर्व जिल्ला सेक्रेटरी हाल बरिष्ठ जिल्ला कमिटी सदस्य सहिद स्मृति गाउँकमिटी इन्चार्ज तथा युवा नेता साहासीका ममतामयी आमाको यही माघ १५ गते राति भएको दुःखद निधनप्रति दुःख व्यक्त गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी कालिकोटका इन्चार्ज विराट र सेक्रेटरी रणदिपले शोक वक्तव्य जारी गरी साहासीका ममतामयी आमाको निधनको खबरले सिंगो पार्टीलाई स्तब्ध बनाएको भन्दै यस दुःखद घडीमा मृतक आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । साथै साहासी लगायत सम्पूर्ण घरपरिवार, आफन्त, शिभचिन्तकजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :