चोर बजारमा जनताको सम्पत्ति बाँडफाँड

कविता

उनीहरूले हामीलाई भने
पहिलो शक्ति हो
कार्यपालिका शक्ति
र सदनको शक्ति दोस्रो शक्ति हो
जहाँ ठगहरूको एउटा गिरोहले
‘सत्ता पक्ष’ र ‘प्रतिपक्ष’ मा विभाजित गरेको छ,
र भ्रष्ट चरित्र भएका
(तैपनि माननीय) सर्वोच्च अदालत
तेस्रो शक्ति हो ।

अखबारहरू, रेडियो र टेलिभिजनले स्वयम्लाई
चौथो शक्तिको स्थानमा राखेका छन्
र निर्धक्क भएर उनीहरू
तिनै शक्तिको काँधमा काँध मिलाएर हिँडेका
छन् ।

अब उनीहरूले हामीलाई भन्दैछन्–
नयाँ लहरका रूपमा युवाहरू पाँचौँ शक्ति हुन्

र उनीहरू हामीलाई आश्वस्त पार्छन्
सबै चीजहरू र शक्तिहरूभन्दा माथि
भगवान्को महान् शक्ति छ ।
‘सबै चीजहरूको बाँडफाँट भैसकेको छ’
…उनीहरू निष्कर्ष सुनाउँछन्
अरूका लागि कुनै शक्ति बाँकी छैन
र कोही अरू केही सोच्दछ भने त्यसका लागि
केवल
सेना र राष्ट्रिय रक्षक दल छ ।”
डरलाग्दो कुरा
मेरो त आँसुसम्म
अब त सुकिसकेको छ
मलाई, कुनै एक चीजमा भरोसा थियो
कोही एकजनामाथि
मैले, जसबाट केवल कोमल हृदय चाहेको
थिएँ
त्यसबाहेक केही थिएन
केवल हृदयको

तर अब त
धेरै ढिलो भैसकेको छ
र अब नरम हृदय नै पर्याप्त भएन
एउटा बारुदको गन्ध
मलाई सुगन्धित लाग्न थालेको छ ।
– अनुवाद : अनिल शर्मा

२०७४ भदौ १३ गते ७ : १२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :