दुगडको फ्रुटीमा प्रहरी छापा / विषादीयुद्ध भएको शंका

काठमाडौं : व्यापारी घरानाको काठमाडौं, सतुङ्गलस्थित ‘दुगडफुड एण्ड वेभरेज प्राइभेट लिमिटेड’द्वारा उत्पादित र देशभरि विक्रि–वितरण हुँदै आएको पेय पदार्थ फ्रुटीमा म्याद नाघेका, सडेगलेका कच्चा पदार्थ प्रयोगगरी उपभोक्ताको स्वास्थ्य र आर्थिक पक्षमा क्षती पु¥याएको गोप्य सुचनाका आधारमा सोमबार प्रहरीले छापा मारेको छ । फ्रुटीमा ज्यान नै जोखिममा पार्ने तत्वयुक्त पदार्थ भएको प्रारम्भिक अनुमान छ । जिप्रका काठमाडौं र महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोका (हालटेकु) को संयुक्त टोलीले सोमबार छापा मारेको हो । आँपको जुस प्रयोग गर्नुपर्ने फ्रुटीमा फर्सी प्रयोग गर्ने गरेको गतवर्ष नै आरोप लागेको थियोे । आँपको प्रशोधीत जुस, पानी, चिनी, साइट्रिक एसिड, प्रिजेटिभ र रसायनको सम्म्रिश्रणबाट फ्रुटी बनाइन्छ । प्रहरीले अखाद्य र सडेका कच्चा प्रदार्थ नियन्त्रणमा लिएको छ । प्रहरीले फ्रुटीका सबै उत्पादन नियन्त्रण गर्दै विक्रि–वितरणमा रोक लगाएको र कारखानामा सिलबन्दी गरेको छ ।

२०७४ भदौ १२ गते ९ : २५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :