अखिल (क्रान्तिकारी) द्वारा त्रि. वि. परिक्षा नियन्त्रण कार्यालयमा पाँच बुँदे मागपत्र पेश

अखिल (क्रान्तिकारी) द्वारा त्रि. वि. परिक्षा नियन्त्रण कार्यालयमा पाँच बुँदे मागपत्र पेश

 

पछिल्लो समय त्रिभुवन विश्वविद्यालयको परिक्षा नियन्त्रण कार्यालयसँग सम्बन्धित विभिन्न विषयहरु समेटेर अखिल (क्रान्तिकारी) ले परिक्षा नियन्त्रण कार्यालयमा मागपत्र बुझाएको छ । विद्यार्थीहरुको शैक्षिक गुणस्तर, परिक्षा समय र तालिका, नतिजा प्रकाशन लगायतका विभिन्न समस्या झेलिरहेको र उक्त विषयको सुधारको अत्यन्तै जरुरी रहेको भन्दै अखिल (क्रान्तिकारी) ले ५ बुँदे मागहरूसहितको मागपत्र परिक्षा नियन्त्रण कार्यालयका प्रमुख पुष्पराज जोशीसमक्ष पेश गरेको छ ।

संगठनले भौतिक उपस्थितिमा भैरहेको पठनपाठन र परिक्षा कोभिड महामारीका कारण त्रि. वि. ले स्थगित गरेकाले विद्यार्थीको पढाई र परिक्षा नियमित सुरु गर्न तथा शैक्षिक सत्र प्रभावित हुन नदिनको लागी तत्काल वैकल्पिक योजना निर्माण गर्न, स्नातक तहका विद्यार्थीले परिक्षा दिएको करिब एक वर्ष पुगिसक्दा पनि त्रि.वि. परिक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन नगरेकाले तत्काल नतिजा प्रकाशन गर्न, त्रि. वि. का केही विषयहरु नेपाली माध्यमबाट पठनपाठन हुने र विद्यार्थीले नेपाली माध्यमबाटै परिक्षामा उत्तर लेख्नु पर्ने तर त्रि.वि. ले प्रश्नपत्र तयार गर्दा अङ्ग्रेजी भाषाबाट तयार गर्ने भएकाले भाषागत समस्याका कारण प्रश्न नबुझेर उत्तर दिन विद्यार्थीहरुलाई कठिनाई भैरहेकाले नेपाली माध्यमबाट पठनपाठन हुने विषयहरूको प्रश्नपत्रमा अङ्ग्रेजी र नेपाली दुबै माध्यमबाट राख्न, हाल देशैभरीबाट ट्रान्सकिप्ट तथा अन्य कागजात लिनको लागी परिक्षा नियन्त्रण कार्यालय बल्खु आउनु पर्ने र विद्यार्थीहरुले विभिन्न कठिनाइहरु बेहोर्नु पर्ने भएकाले क्षेत्रीय परिक्षा नियन्त्रण कार्यालयहरु तथा सबै प्रदेशबाट ट्रान्सकिप्ट तथा अन्य कागजातहरु निकाल्ने व्यवस्था गर्न र मौका परिक्षा दिई उतिर्ण हुने विद्यार्थीहरुको शैक्षिक प्रमाणपत्रमा उक्त विषय पास गरि सकेपछि पनि जति परिक्षा दियो त्यति वटा स्टार चिन्ह राख्ने व्यवस्था तत्काल खारेज गर्न माग गरेको छ ।

मागपत्रको जवाफ दिदै परिक्षा नियन्त्रक पुष्प राज जोशीले मागहरू अत्यन्तै जायज आवश्यक भएको भन्दै यी मागहरू पुरा गर्न आफू लागिपर्ने बताए । साथै उनले परिक्षा नियन्त्रण कार्यालयमा जनशक्ति अभावका कारण यी समस्याहरु निम्तिएको बताए ।
शैक्षिक सत्र प्रभावित हुन नदिनको निम्ति आफू विभिन्न विकल्पहरु अपनाउन योजना निर्माण गरिरहेको समेत बताए । रिजल्ट प्रकाशनमा जनशक्तिकै कारण समस्या रहेको भन्दै जनशक्ति थप गरेर त्रि. वि. को क्यालेन्डर अनुसार ३/३ महिनामा प्रकाशनको निम्ति तयारी थाल्ने बीए र बीबीएस दोस्रो वर्षको नतिजा यही माघ अन्तिमसम्म प्रकाशन गर्ने तथा बीबीएस तेस्रो वर्षको नतिजा २/३ दिन भित्रै प्रकाशन गर्ने बताए । साथै नेपाली माध्यमबाट पठनपाठन हुने विषयहरुको प्रश्नपत्र नेपाली र अङ्ग्रेजी दुबै माध्यमबाट राख्न प्रागिक परिषदमाा छलफलका लागि लैजाने तथा ट्रान्सक्रिप्ट अन्य कागजात सबै क्षेत्रीय कार्यालयहरुबाट वितरण गर्ने गरि तयारी थाल्ने प्रतिबद्धता व्यक्त गरे । शैक्षिक प्रमाण पत्रमा मौका विषय पास गरिसकेपछि पनि जति पटक परिक्षा दियो त्यति पटक स्टार चिन्ह राखेको र हताउनु पर्ने विषयमा नियन्त्रक जोशीले सेमेस्तरको हकमा हटाइसकेको र बाँकी वार्षिक प्रणालीको पनि हटाउने प्रतिबद्धता व्यक्त गरेको अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य एवम् त्रिभुवन विश्वविद्यालय इन्चार्ज अनिल केसीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :