ताइवानको आकाशमा देखिए चीनका दर्जनौँ लडाकु जहाज, अमेरिका र जापानलाई शक्तिशाली जबाफ

ताइवानको आकाशमा देखिए चीनका दर्जनौँ लडाकु जहाज, अमेरिका र जापानलाई शक्तिशाली जबाफ

काठमाडौँ : अमेरिका र जापानले फिलिपिने सुमद्रमा गरेको जलसेनाको संयुक्त अभ्यासलाई जबाफ दिँदै चीनले भोलिपल्टै त्यहाँ दर्जनौँ लडाकु विमान पठाएको छ । प्राप्त समाचारअनुसार चीनले ताइवानको हवाई सुरक्षा पहिचान क्षेत्र (एडीआईजी) मा ३९ वटा लडाकु विमान पठाएको दाबी ताइवानका रक्षामन्त्रीले गरेका छन् ।

चीनले २४ वटा जे १६ फाइटर जेट, १० वटा जे १० फाइटर जेट, वाई ९ विमान, दुई वाई ८ विमान र एउटा एच ६ बम्बर रहेको ताइवानको रक्षा मन्त्रालयको दाबी छ ।

गत वर्षको अक्टोबरमा पनि चिनियाँ जहाजहरू आफ्नो हवाई सुरक्षा क्षेत्रमा प्रवेश गरेको आरोप उक्त मन्त्रालयले लगाएको छ । यसमघि गत वर्षको अक्टोबर ४ मा चीनले ५६ वटा लडाकु विमान त्यस क्षेत्रमा पठाएको थियो । ताइवानलाई चीनबाट बिच्क्याउन र चीनलाई उत्तेजित पार्न अमेरिका र जापानले बेलाबेला यस्तो हर्कत गर्ने गरेका छन् । चीनले पनि बेलैमा त्यसको प्रतिरोध गर्ने गरेको छ । चीन विश्व महाशक्ति राष्ट्र बन्ने क्रममा छ । चीनविरोधीहरू उसलाई अनेक तरहबाट रोक्न चाहन्छन् ।

अमेरिका र जापानको शक्ति प्रदर्शनमा दुई अमेरिकी एयरक्राफ्ट क्यारियर, दुई एसल्ट जहाज, जापानका पाँच हेलिकोप्टर डिस्ट्रोयरलगायत सहभागी रहेको बताइएको छ ।

फिलिपने समुद्र ताइवानको पूर्वमा रहेको प्रशान्त महासागरको हिस्सा हो । यो अमेरिका नियन्त्रित गुआम र उत्तरी मरियाना टापुका बीचमा अवस्थित छ ।

एजेन्सीहरूको सहयोगमा ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :